coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौंः नेता गौतम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन्। 

गौतमले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि दाबी गरे। विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनको छ। 

‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ, ५ बर्ष सम्म राम्रोसंग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ’ उनले भने, ‘१० बर्षमा चीनलाई छुन्छौ, हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ।’ 

उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार रहन निर्देशन दिएका छन्। 

प्रकाशित: ३० कार्तिक २०७६ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App