४ वैशाख २०८१ मंगलबार
अर्थ

डिप्रोक्सको हकप्रद सेयर पारित

काठमाडौं– डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद सेयर जारी गर्ने लगायत विशेष प्रस्ताव पारित गरेको छ। बिहीबार चितवनमा आयोजित उक्त सभामा बैंकका अध्यक्ष रमेशप्रसाद लोहनीले सञ्चालक समितिको तर्फबाट विशेष साधारण सभाको उद्देश्य तथा बैंकको उपलब्धि पेश गरेका थिए।

बैकको हाल रहेको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७० र ३० प्रतिशतलाई ५१ र ४९ प्रतिशतमा परिवर्तन गर्ने, अधिकृत पुँजी ३० करोडबाट वृद्धि गरी ६० करोड पुराउने र हाल कायम चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद सेयर जारी गर्ने लगायत प्रस्ताव पारित गरेको छ । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ ।

कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, विकास आयोजना सेवा केन्द्र, नबिल बैंक लिमिटेड, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण सहित गरिबी निवारणको मुख्य उद्देश्य लिएर स्थापित यस बैंकले ४७ जिल्लाका ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ।

चालू आवको जेठ मसान्तसम्म बैंकको ग्रामीण, बिपन्न तथा पिछडिएका क्षेत्रका करिब १ लाख १९ हजार परिवारमा ३ अर्ब ८६ करोड कर्जा लगानी रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ असार २०७३ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App