coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संघ र प्रदेशबाट भित्रिएका योजनामा भ्रष्टाचार

डोल्पा  – संघ र प्रदेशबाट डोल्पामा परेका विकासे योजनाहरुमा ब्यापक भ्रष्टाचार भईरहेको छ। मन्त्री र प्रदेश सांसदकै संलग्नतामा भ्रष्टचार हुने गरेको एक औपचारिक कार्यक्रममा  स्थानीयहरुले बताएका छन्।

कर्णाली प्रदेश, प्रदेश सभा ,सामाजिक किास समितिले दुनैमा आयोजना गरेको खाद्य सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक माथिको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका डोल्पावासीहरुले उक्त कुरा बताएका हुन्।

संघ र प्रदेश अन्तरगत जिल्लामा भित्रिएका विशेष गरि पर्यटन मार्ग, तटबन्धन, सिँचाइ, होमस्टे र विभिन्नि विद्यालयका भवन निर्माण लगायतका योजनाहरुमा लाखौंको अनियमितता हुने गरेका डोल्पावासीहरुले बताए।

जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढा र सांसदले आफ्ना नातेदार परिवारका सदस्य र केही झोले कार्यकर्तालाई र आफुलाई पक्षपोषण हुने गरि विकास योजना जिल्लामा भित्र्याएको बताए।

आर्थिक वर्ष ०७५÷०७६ मा आएका योजनाहरुको पनि केही प्रदेश सासंदले केही पत्रकारलाई लिएर कसैसंग सहकार्य नगरी एक्लै अनुगमनको नाममा भत्ता पचाउने काम भइरहेको समन्वय प्रमुख बुढाको भनाइ छ।

आफु मातहतको सबै ठिक अरुमातहतको सबै बेठिक भनरे हिड्ने कामै नभएका योजना पनि ठिक भन्ने पत्रकारले पनि आफ्नो पेशालाई बिर्सेर चाप्लुसी पत्रकारिता गरि उनै सांसदको गुनगान र भजन गाउने गरेको देखिएकोले अव आइन्दा यस्तो नगर्न समेत समन्वय प्रमुख बुढाले चेतावनीे दिए।

सत्तारुढ नेकपाकै जिल्ला पार्टी सचिव मालबहादुर रोकायाले पनि जिल्ला पुरै सांसद र मन्त्रीका योजनामा भएको भ्रष्टाचारको गन्धले ढवाङ ढवाङती गन्याएको बताउँदै समयमै सुधारिन आग्रह गरे।

प्रतिपक्ष दल नेपाली काँग्रेसका महासमिति सदस्य गौरी शंकर उपाध्यायले स्थानीय तहदेखि प्रदेश र संघमै नेकपाको दुई तिहाइको दम्भमा विकास योजनामा भ्रष्टाचार हुने गरेको बताए।

उनले भने,‘आफै उपभोक्ता समितिको अध्यक्ष आफैँ कार्यपालिकाको सदस्य आफैँ अनुगमनको संयोजक कसरी विकासमा आर्थिक अनियमितता रोकिन्छ यो त दुधको साँची विरालो भएको छ।’
 

प्रकाशित: ३० कार्तिक २०७६ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App