coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै

काठमाडौं—संसद सचिवालयमा दर्ता संविधान संशोधन प्रस्ताव पारित भए नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता नत्यागी नेपालको अंगीकृत नागरिकता पाउनेछन्। वर्तमान संविधानको नागरिकतासम्बन्धी व्यवस्था रहेको धारा ११ को उपधारा ६ माथिको संशोधन प्रस्तावले यो व्यवस्था ल्याएको हो।

उपधारा ११ को उपधारा ६ ले नेपालीसँग विवाह गर्नासाथ आफ्नो देशको नागरिकता नत्यागी तत्कालै अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छैन।

के छ धारा ११ उपधारा ६ मा?

संविधानको धारा ११ मा १० उपधाराभित्र नागरिकतासम्बन्धी प्रावधान उल्लेख छन्। संशोधन गर्न लागिएको उपधारा ६ मा भनिएको छ, 'नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।'

यो व्यवस्थाअनुसार संघीय संसदले संघीय निर्माण गरेको कानुनअनुसार नेपालीसँग विहे गरेर आउने महिलाले नागरिकता प्राप्तिको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। संघीय संसद स्थापना नभइसकेको हुँदा अहिले संघीय कानुन निर्माण भइसकेको छैन। संघीय कानुनले नागरिकता प्राप्तिको विस्तृत प्रक्रिया उल्लेख गर्ने कल्पना यो धाराले गरेको छ।

संशोधनमा के छ?

पाँच नम्बर प्रदेश टुक्र्याउने, हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्ने तथा राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय समेटिएको संशोधन प्रस्तावमा अंगीकृत नागरिकताबारे उल्लेख भएको संविधानको धारा ११ को उपधारा ६ माथि संशोधन प्रस्ताव हालिएको छ। संशोधन प्रस्तावमा नेपालीसँग विहे गरेकी महिलाले आफ्नो देशको नागरिकता नत्यागी तत्कालै नेपालमा अंगीकृत नागरिकता पाउने उल्लेखछ। संशोधन प्रस्तावमा भनिएको छ, 'नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि संघीय कानुन बमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछ।'

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै

नेपाली नागरिकसँग विवाह गर्ने महिलाले विवाह दर्ताको प्रमाण सहित आफ्नो देशको नागरिकता त्यागको कागजात सहित निवेदन दिए तत्कालै अंगीकृत नागरिकता पाउन सक्छन्। भारतबाट विवाह गरेर नेपाल आउने बुहारीहरुले अहिले यही व्यवस्थाअनुसार तराइमा अंगीकृत नागरिकता लिइरहेका छन्। संशोधन प्रस्ताव पारित अाफ्नो देशको नागरिकता त्यागको प्रमाण देखाइरहनु पर्ने छैन।

यो संशोधनले नेपालीसँग बिहे गरेर आउने महिलाले आफ्नो मुलुकको नागरिकता नत्यागी नेपालको अंगीकृत नागरिकता पाउनसक्ने बनाउन खोजिएको छ। 'आफ्नो देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि', भन्नुको अर्थ आफ्नो मुलुकको नागरिकता परित्याग होइन। नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेकै भरमा तत्काल अंगीकृत नागरिकता दिनुपर्छ भन्ने हो।

संविधान मूल कानुन भएकोले अहिलेको संवैधानमा नागरिकता प्राप्तिका विस्तृत प्रक्रिया संघीय कानुनले व्यवस्थित गर्ने मात्र उल्लेख छ। संशोधनका लागि ल्याइएको धाराले संविधानमै वैवाहिक सम्बन्धका आधारमा अंगीकृत नागरिकताको प्रावधानलाई 'माइक्रो म्यानेजमेन्ट' गरेको हो।

अहिलेको व्यवस्थाअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ताको प्रमाण सहित आफ्नो देशको नागरिकता त्यागको कागजात राखेर निवेदन दिए तत्कालै अंगीकृत नागरिकता पाउन सक्छन्। भारतबाट विवाह गरेर नेपाल आउने बुहारीहरुले अहिले यही व्यवस्थाअनुसार तराइमा अंगीकृत नागरिकता लिइरहेका छन्। संशोधन प्रस्ताव पारित भए उनीहरुले अाफ्नो देशको नागरिकता त्यागको प्रमाण देखाइरहनु पर्ने छैन।

हिन्दीलाई संवैधानिक हैसियत दिनेगरी संशोधन प्रस्ताव आउँदा उल्लास मनाउने भारतमा विवाह गरेर जाने नेपाली चेलीका लागि नागरिकता प्राप्तिको प्रक्रिया निकै कडा छ। भारतीय नागरिकसँग विवाह भएको ७ वर्षपछि मात्र उनीहरुले अंगीकृत नागरिकता पाउन सक्छन्।

भारतीय कानुन यस्तो छः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App