७ वैशाख २०८१ शुक्रबार
समाज

हात्तीको आक्रमणबाट दुईको मृत्यु

चितवन- माडीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। माडी नगरपालिका वडा नम्बर १ को बरुवा ६५ वर्षिय बाबुराम पौडेल उनका ३५ वर्षका छोरा राजुको हात्तीको आक्रमणमा मृत्यु भएको हो।

शनिबार बिहान माडी नगरपालिका वडा नम्बर १ को बरुवाबाट लु ३१ प २९११ नम्बरको मोटरसाईकल वडा नम्बर ९ को बाँदरझुला जाँदै गर्दा देउरालीको जंगलमा उनीहरुलाई जंगली हात्तीले बाटो छेकेको थियो।

हात्तीले बाटो छेकेपछि मोटरसाईकलबाट भागी जंगलमा लुकेका दुबै जनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए।

बिहान करीब ९ बजेर ३० मिनेटमा भएको घटनामा दुबैको घटनास्थलमा नै मृत्यु भएको उनले बताए।  

 

 

प्रकाशित: ३० कार्तिक २०७६ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App