बारामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप, नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर

शनिबार, ३० कार्तिक २०७६, १२ : ३० उपेन्द्र यादव

बारा - बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा गए राति शसस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो।

झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १० राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।
सतुआही नाकाबाट राति ११ बजे चार वटा मोटरसाइकलमा छोहडा लोड गरी भारततर्फ लैैजादै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले त्यसलाई नियन्त्रणमा लिन खोज्दा  झडप भएको सीमा सुरक्षा बल १२ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए। 

थोरैै संख्यामा रहेको सुरक्षाकर्मीले तस्करी गर्न लागिएको छोहडा सहितको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा नाका नजिकै रहेका पर्सा टोलका स्थानीयहरुको सहयोगमा तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थापाले बताए।
स्थानीयहरु सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा गर्न थालेपछि तस्कर समूहले छोहडा र मोटरसाइकल लिएर भागेको थापाले बताए। 

स्थानीय र तस्कर समूहको आक्रमणबाट बच्नको लागि छोहडा नियन्त्रणमा लिन पुगेको थप सुरक्षाकर्मीले बाध्य भएर १० राउन्ड हवाईफायर गरेको थापाले बताए। पिपरपाती बेस क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर भण्डारीकोे कमाण्डमा शुरुमा सशस्त्र प्रहरी परिचालन भएको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अहिले बाराको विभिन्न नाकाबाट तस्कर समूहले तेश्रो मुलुकबाट नेपाल भित्रयाएका छोहडा, केराउ, कालो मरिच र सुपारी अवैध तरीकाले भारत तर्फ लैजान खोजेको बताए।

नेपालबाट भारततर्फ तस्करहरुले लैजाने ती मालसामानहरुलाई बाराका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नु अपराधको पराकाष्ठा भएको प्रजिअ पोखरेलले बताए। शुक्रवार राति सुरक्षाकर्मीले नियन्त्रणमा लिएको तस्करी गर्न लागिएको छोहडालाई पुनः तस्कर समूहले लुटेर लग्ने कार्यमा संलग्न भएका जोसुकैलाई पनि कारवाही गरिने दावी प्रजिअ पोखरेलले गरे।








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad