५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

मधुमेहका बिरामीले के कति खाने ?

– कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न , त्यो खान हुन्न यस्तै हल्ला व्यापक सुनिन्छ। कतिले कुनै खाने कुरा छुन पनि छुँदेनन्। कतिले घुमी फिरी कार्वोहाइडे«ेट नै बढी खाइरहेका हुन्छन्। कतिले भात खान नहुने भन्दै उसिना चामलको भात पकाएरै टन्नै खाने गरेको पनि देखिन्छ। यदि मधुमेहको बिरामी हुनु हुन्छ र यसो गरिरहनु भएको छ भने गलत चलन भएको टिचिङ अस्पतालकी पोषणविद नानी शोभा शाक्यको सुुझाव छ।

– पोषणविद शाक्यका अनुसार मधुमेहका रोगीले के खाने भन्दा पनि कति र कसरी खाने भन्ने कुरामा ध्यान दिनु पर्छ। मधुमेहका रोगीले सवै खाने कुरा मिलाएर खानु पर्छ। तर बढी चिल्लो र गुलियोमा बनेका खानेकुराहरु भने खानु हुँदैन। कडा मधुमेहका बिरामी जसको शरिरमा कहिलेकाँही ग्लुकोजको मात्रा धेरै घटेर पसिना आउने,घुमाउने जस्ता समस्या आएको हुन्छ। त्यस्तो बेलामा यस्ता खाने कुरा दिन सकिन्छ।

– मधुमेहका भात कम खाने बहानामा अन्य अन्न  तथा कार्वोहाइडे«ट खाने चलन पनि छ। यसो गर्नु पनि गलत हो। बरु यसको सट्टा अन्नका सवै परिका मिलाएर मात्रा मिलाएर खानाले असर पुग्दैन। आफ्नो कामको प्रकृति शरिरको संरचना,उमेर र लिंग अनुसार यी सवै खालका खाने कुराको मात्रा मिलाएर खान सकिन्छ।

– यी खाने कुरा खाँदा अन्नको सवै समुह समावेश गर्न सकिन्छ। त्यसै गरी प्रोटिनजन्य खानेकुराको मात्रा,नजम्ने प्रकारका चिल्लो पदार्थबाट बनेका खानाहरु,खनिज तथा भिटामिनजन्य खानाहरु खानु पर्छ। तर धेरै चिल्लो र गुलियो भएको खानेकु्रा भने खानु हुँदैन। आलु ,पिंडालु ,सखरखण्ड जस्ता खानेकुरा खानु परेमा भात,रोटी खानु हुँदैन।

– यसमा पनि शारिरीक श्रम गर्नेहरुले अन्य मधुमेहका रोगीको तुलनामा केही मात्रा थप गरी खान सक्छन्। श्रम नगर्नेहरुले भने सवै खानाहरुको कम मात्रा मिलाएर खान सकिन्छ।यसो गर्दा शरिरमा चिनीको मात्रा बढ्न पाउँदैन।

–बृद्ध उमेर भएका मधुमेहका बिरामीले पनि सवै थरिका खानाहरु कम मात्रामा खान सक्छन्।

–मधुमेह बिरामीको तौल बढी छ भने तौल घटाउन सकेसम्म कम खाने कुरा खाने र नियमित कम्तीमा आधादेखि एक घण्टा हिड्नु  पर्छ। अन्य मधुमेहका बिरामी पनि अनिवार्य रुपमा व्यायम र हिंडडुल गर्नु आवश्यक छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App