७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इण्डोनेसियामा शक्तिशाली भूकम्प, २१ को मृत्यु

जाकर्ता– इण्डोनसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इण्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो। सो भूकम्पमा परी हालसम्म २१ जनाको मृत्यु भएको जनाइएको छ। इण्डोनेसियाको आचे प्रान्तमा भूकम्पको केन्द्र विन्दु रहेको अमेरिकन जियोलजिकल सर्वेले जनाएको छ।

स्थानीय समय अनुसार विहान साढे पाँच बजे भूकम्प गएको थियो। यसअघि सन् २००४ मा आभे प्रान्तमा ९ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि आएको सुनामीका कारण एक लाख ६० हजार भन्दा बढीको मृत्यु भएको थियो। इण्डोनेसियाको मौसम विज्ञान विभागले सुनामीको कुनै खतरा नरहेको जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७३ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App