६ वैशाख २०८१ बिहीबार
राजनीति

लैनचाैरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन रोकिँदैनः भण्डारी

काठमाडौं– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले लैनचौरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताएका छन्। नेता भण्डारीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र मैले ल्याएको भन्ने पार्टीहरु अहिले कार्यान्वयन गर्ने कुरामा अभिभावकको भूमिकाबाट भागिरहेको आरोप लगाए।

बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता भण्डारीले सीमांकनको विवाद समाधान गर्ने नाममा अहिले आएको संशोधन प्रस्ताव जनताको हितमा नभएको भन्दै यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने बताए।

नेता भण्डारीले भने, ‘विवाद नै नभएको प्रदेशमा किन विभाजन ल्याउन खोजिँदैछ,  तराई र पहाडका जनता मिलेर बस्छु भनिरहेका छन्, त्यहाँको जनताको अभिमत लिनुपर्दैन ? कसलाई सोधेर यस्तो काम गर्नुभयो ?’

उनले यतिवेला पार्टीभन्दापनि देश र जनता ठूलो भएको भन्दै आफू ५ नम्बर प्रदेश विभाजन गर्ने संशोधन प्रस्तावको विरुद्धमा निरन्तर संघर्ष गरिरहने जानकारी दिए । उनले अघि भने, ‘इलाम कहाँ रहने भन्ने कुराको फैसला त्यहाँका जनताले गर्ने हो नि, अरुले गर्ने होइन, हामी कसको इशारामा चलिरहेका छौं, लैनचौरले गर्ने हो र?’
 

प्रकाशित: २२ मंसिर २०७३ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App