८ वैशाख २०८१ शनिबार
राजनीति

स‌ंशाेधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले सरकारले समस्या समाधानकालागि संशोधन प्रस्ताव ल्याएको भन्दै दलहरुको सहमतिमै प्रस्ताव पारित गर्ने तयारी भैरहेको बताए। उनले भने, ‘समस्या समाधानकालागि कहीँ न कहीँ सुरुवात भैरहेको छ, सहमतिका प्रयासहरु भैरहेका छन्, तर प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा दिनहुन्न।’

उनले संशोधन प्रस्तावले ५ नम्बर प्रदेश टुक्रिँदैछ भन्ने हल्ला चलिरहेको बताउँदै भने,‘ अहिले जनता आन्दोलित छन्, किन ५ नम्बर प्रदेश चलाउने भनेर आक्रोश र असन्तुष्टिहरुको आवाज छन, यसलाई हामीले सम्मान गर्नुपर्छ ।’

खनालले अहिले राष्ट्रियतालाई नयाँ परिभाषा दिइरहेको उल्लेख गर्दै भने,‘हिजो हाम्रो पार्टीले राष्ट्रवादको नारा बोक्दा हैरान छौं, अब काँग्रेस र एमालेका केही साथीहरुले बोक्नभएको छ, हामी सहकार्य गर्छौं।’

उनले विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त भएका उपलब्धिलाई रक्षा गर्नका लागि दलहरु सहमतिका साथ अघि बढ्नुपर्ने धारणा राखे । खनालले पछिल्लो समय दुई वटा अतिवादी सोचहरु हावी भैरहेको समेत गुनासो पोखे । उनले मधेसलाई जबरजस्ती धकेल्न खोज्ने प्रवृत्ति र सामन्ती राष्ट्रवादको प्रवृत्ति हावी भएको आरोप लगाए । त्यसैले परिस्थितिको ठिक ढंगले विश्लेषण गर्नुपर्ने बताए।

प्रकाशित: २२ मंसिर २०७३ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App