१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थुनछेक बहसपछि आलमले भने : अहिलेसम्म पटका पनि पड्काएको छैन

रौतहट - पहिलो संविधान सभा निर्वाचनको एक दिन पहिले राजपुर फरहदवामा भएको बम विस्फोट घटनाको मुख्य आरोपी काग्रेस नेता मोहम्मद अफताब आलमको थुनछेक बहस सकिएको छ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलाशमा भएको थुनछेकको बहस पछि अदालतमा आलम र पीडित श्री नारायण सिंहलाई बोल्ने मौका दिएका थिए। आलमले आफुले पटक पटक चुनाव जितेको र अहिले पनि संसद सदस्य भएको बताउँदै चुनाव जित्नका लागि बम पड्काउन नपर्ने बताए। उनले उक्त समयमा यस्तो घटना नै नघटेको बताउँदै आफुले अहिलेसम्म एउटा पटका पनि नपड्काएको बताए। उनले आफु निर्दोश रहेको र राजनीतिक प्रतिशोध साँधेको दावी गरे।

बम विस्फोटमा ज्यान गुमाएका त्रिलोक प्रताप सिंह 'पिन्टु'का पिता श्री नारायण सिंहले आँफु सुरुदेखि नै कांग्रेस रहेको र आलमसँग कुनै दुश्मनी नभएको बताउँदै आलमको चुनाव प्रचारमा गएको छोराको कि लास चाहियो कि सास भने।

'आलमले घटनानै नघटेको दावी गरे पनि मलाई दुई लाखदेखि १ करोडसम्मको अफर किन श्रीमान्? घटनामा ज्यान गुमाएका ओसी अख्तारका परिवारलाई पाँच लाख र पाँच कठ्ठा खेत किन श्रीमान्,' भन्दै प्रश्न गरे। थुनछेकको आदेश केही बेरमा आउने जनाइएको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App