सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह

शुक्रबार, २९ कार्तिक २०७६, १४ : ५६ नागरिक

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्।

मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गरेका हुन्।

उनले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गरेकाले श्रमिकको हकहितका लागि सुरक्षा कोषको शुरुआत गरिएको बताए। सहकारीले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने अभियान चलाएको उल्लेख गर्दै उनले अब सामाजिक सुरक्षा कोष लागू गरेर सहकारीले सरकारलाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सहकारीमा काम गर्ने कर्मचारीको भविष्य सुरक्षित गर्न सहकारीलाई आबद्ध गराउन थालिएको बताए। साना किसान तथा सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक डा. शिवराम कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले आफूहरु सहभागी हुन तयार रहेकाले पहिले सञ्चय कोषमा राखिएको आफूहरुको कोषका बारेमा स्पष्ट गराउनुपर्ने बताए।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) अध्यक्ष डिबी बस्नेतले सामाजिक सुरक्षा कोषले सहकारीमा काम गर्ने कर्मचारीले पनि निवृत्तिभरण पाउँछन् भन्ने गराउने भएकाले आबद्ध हुने बताए। राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोषमा आबद्ध हुन आफूहरुले खोजे पनि केही प्रावधानका कारण हुन नसकेको भन्दै ती प्रावधान सुधार गर्नुपर्ने बताए।

सरकारले गत वर्ष मङ्सिर ११ गते सामाजिक सुरक्षा कोष घोषणा गरेर यहीं साउन १ गतदेखि देशभरि लागू भएको हो। कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार कोषमा अहिले १० हजार सङ्घ संस्थाका करीब एक लाख आठ हजार सूचीकृत भएका छन्। उनले सबै सहकारी संस्थालाई कोषमा आबद्ध हुनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

मुलुकभरि करीब ३५ हजार सहकारी रहेका छन्। कोषमा अहिले पाँच सय सहकारी सूचीकृत भइसकेका छन्। कोषमा सूचीकृत भएपछि ११ प्रतिशत रोजगारदाताबाट र २० प्रतिशत रोजगारदाता संस्थाबाट रकम जम्मा हुने गर्दछ। कोषमा सूचीकृत हुनका लागि आगामी मङ्सिर १४ गतेसम्म समय तोकिएको छ।





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad