८ वैशाख २०८१ शनिबार
समाज

मधुमेह दिवसमा जनचेतनामूलक र्‍याली

विराटनगर – विश्व मधुमेह दिवसका अवसरमा बिहीबार विराटनगरमा सचेतनामूलक र्‍याली निकालिएको छ । लायन्स क्लब अफ हेल्थ प्रोपेसनलले सचेतनामूलक र्‍याली निकालेको हो ।

विराटनगरको हस्पिटलचोकबाट निकालिएको र्‍यालीले महानगरको विभिन्न भाग परिक्रमा गरी वीरेन्द्र सभागृहमा पुगेर कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले शिक्षा र स्वास्थ्यमा लायन्स क्लबहरूसँग सहकार्य गरेर महानगरपालिका अगाडि बढ्ने बताए । लायन्स क्लबसँगको सहकार्यमा महानगर क्षेत्रमा रहेका अतिविपन्नहरूलाई सहयोग गर्दै अघि बढ्ने पराजुलीले बताए ।

‘लायन्स क्लब अफ प्रोपेसनल स्वास्थ्यकर्मीहरू आबद्ध भएको क्लब हो,’ प्रमुख पराजुलीले भने, ‘स्वास्थ्यको क्षेत्रमा काम गर्न यस क्लबसँग सहकार्य र समन्वय गरेर महानगर अगाडि बढ्ने छ ।’ कार्यक्रममा डा. उत्तरकुमार मैनाली, डा. मनोज दाहाल, ओमप्रकाश साहलगायतले मधुमेहबाट कसरी बच्ने विषयमा सचेतना पनि गराए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ ए–वानका डिस्ट्रिक गर्भनर राजन खत्रीले लायन्स क्लब अफ विराटनगरले विपन्न सामुदायको जनस्वास्थ्यको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए ।

¥यालीमा लायन्स इन्टरनेशनल ३२५ ए–वानका डिस्ट्रिक गर्भनर राजन खत्री, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी विकास अधिकारी, लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलका अध्यक्ष डा. बालकृष्ण साह, लायन्सका अन्य लिडरहरू चिकित्सक, विद्यार्थी, महिला स्वास्थ्यकर्मीहरूको ¥यालीमा सहभागिता रहेको थियो । सोही अवसरमा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोपेसनलका कोषाध्यक्ष रविन रायलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित: २९ कार्तिक २०७६ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App