७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लव नेकपाका जाजरकोट ईन्चार्ज पक्राउ

नेपालगन्ज -  बाँकेमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार राति जाजरकोट जिल्ला ईन्चार्ज रहेका ४२ वर्षिय प्रेमप्रकाश ओलीलाई पक्राउ गरेको हो।

जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ५ रघुनाथ निवासी ओलीलाई कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा भन्ने स्थानबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरिक्षक(डिएसपी) हेम शाहीले जानकारी दिए।

ओली विरुद्ध जाजरकोटमा विभिन्न मितिमा एनसेल टावरमा आगजनी तथा तोडफोड गर्ने, जबरजस्ती चन्दा असुली गर्ने जस्ता कृयाकलापमा संलग्न भई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट भौतिक संरचना बिनाश सम्बन्धी कसुर, राज्य विरुद्धको अपराध सम्बन्धी कसुर, चन्दा सम्बन्धी कसुरमा मुद्दा चलिरहेको प्रहरीको भनाई छ।

अभियोग पश्चात फरार रहेका जिल्ला ईन्चार्ज ओलीलाई कोहलपुरमा आएर लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा बिहीबार राति अन्दाजी साढे ११ बजेतिर पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए।

प्रकाशित: २९ कार्तिक २०७६ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App