coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त

थाइल्यान्डका खेलाडीविरूद्ध सट प्रहार गर्दै नेपालका दीपेश धामी। तस्बिर साैजन्यः राखेप

काठमाडौं – काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ मा नेपाली खेलाडीको प्रतिस्पर्धा समाप्त भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपालमा नम्बर एक खेलाडी रत्नजित तामाङ र दीपेश धामी पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको हो।

बुधबार पहिलो दिनको खेलमा जित निकालेका रत्नजित तामाङ,  दीपेश धामी र विष्णु कटुवालले दोस्रो  दिन उक्त लयलाई कायम राख्न नसक्दा नेपालको प्रतिस्पर्धा समाप्त भएको हो।  विष्णु कोरियाका यु जिन सोनसँग २३–२१, २१–१७ ले पराजित हुँदा दीपेश भियतनामका खेलाडी साव सुङ फामसँग २१–१३, १७–२१, २१–४ को सेटमा पराजित भए।

यस्तै अघिल्लो दिन वाकओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेका नवीन श्रेष्ठ दोस्रो दिनको खेलमा भारतका सहर्ष मोहनसँग पराजित भए। पहिलो सेट २९–२७ को रोमाञ्चक जित निकालेका नवीन दोस्रो र तेस्रो सेटमा २१–१८, २१–१८ ले पराजित भए। महिला एकलमा सीता राई थाइल्यान्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुकसँग २१–३, २१–४ ले पराजित हुँदा भुटानकी सम्झना गुरुङलाई २१–६, २१–१२ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी नीता लम्साल दोस्रो चरणमा भारतकी मुग्धा आग्रेसँग २१–४, २१–११ ले पराजित भइन्।

पुरुष युगलतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन खल्लो रह्यो। जीवन आचार्य र सुनील जोशीको जोडी जापानका सोतारो इनामित्सु र रिकी ताकेईको जोडीसँग २१–१०, २१–११ ले, दीपेश धामी र रत्नजित तामाङको जोडी थाइल्यान्डका रत्तनपाक अपथङ र नान्थाकर्न योर्दफाइसोसँग २१–१२, २१–११ ले, विजित थापामगर र विष्णु कटुवालको जोडी कोरियाका ना सुङ सिउङ र वाङ छानको जोडीसँग २१–१२, २१–११ ले तथा विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी अस्ट्रेलियाका सिमोन विङ हाङ ल्युङ र मिचेल ह्विलरको जोडीसँग २१–१२, २१–१४ ले पराजित भए।

मिश्रिततर्फ पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो। रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ छान र सिउङ मिन किमको जोडीसँग २१–१६, २१–८ ले पराजित हुँदा विकास श्रेठ र सीता राईको जोडीले भारतका बि. सुमिथ रेड्डी र कुहु गर्गको जोडीलाई १४–२१, १२–२१ को नतिजा सुम्पिए। यस्तै विजित थापामगर र पूजा श्रेष्ठको जोडी पनि अस्ट्रेलियाका सिमोन विङ हाङ लिउङ र ग्रोन्या सोमरभिलसँग २१ – १६, २१–८ ले पराजित भए।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App