coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नबिन र एड्रियनले इटहरी झुमाउने

काठमाडौं  – नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनको निम्ति हाम्रो कार्टले सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ। हाम्रो कार्टले आगामी शनिबार इटहरीस्थित रंगशालामा आयोजना गर्न लागेको पूर्वाञ्चल म्युजिक महोत्सवमा गायकद्वय एड्रियन प्रधान र नबिन के भट्टराईले सांगीतिक प्रस्तुति दिने भएका छन्।

बिहीबार हाम्रो कार्टले पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वाञ्चल म्युजिक महोत्सवबारे जानकारी गराएको थियो।‘नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनको निम्ति आयोजना हुन लागेको पूर्वाञ्चल म्युजिक महोत्सवमा सांगीतिक क्षेत्रमा स्थापितदेखि नयाँ कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन्,’ हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले भने, ‘नेपालको पूर्वी क्षेत्र इटहरीमा आन्तरिक पर्यटनको प्रवद्र्धनको निम्ति म्युजिक महोत्सवको आयोजना गरेका हौं।’ महोत्सवमा एड्रियन प्रधान, नबिन के भट्टराईसहितका ब्यान्डले प्रस्तुति दिनेछन्।

त्यसबाहेक गत सिजनको ‘भ्वाइस अफ नेपाल’ को उत्कृष्ट ५ मा सहभागी भएका सुशान्त केसीले प्रस्तुति दिनेछन्। ‘गायकद्वय एड्रियन प्रधान र नबिन के भट्टराईको गीत सुनेर नेपाली संगीतमा आउन उत्साहित भएको थिएँ। पूर्वाञ्चल म्युजिक महोत्सवमा उनीहरुसँग एउटा मञ्च सेयर गर्ने कुराले उत्साहित छु,’ सुशान्त केसीले भने। महोत्सवमा सहभागिताका लागि आयोजकले दुई सय, हजार र २५ सय टिकट शुल्क तोकिएको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App