८ वैशाख २०८१ शनिबार
अर्थ

तीनकुने पुलको ठेक्का तोड्न सिफारिस

काठमाडौं – काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जेडआइसी पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोड्नसडक विभागमा सिफारिस गरेको छ। आयोजनाले उक्त पुलसँगै ठेक्का लगाएको बिजुली बजारको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेपनि तीनकुनेको लथालिंग अवस्थामा छ।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदारले सम्झौता अनुसार काम नगरेकाले ठेक्का तोड्नसिफारिस गरेको बताए। ‘आयोजनाले चार दिनअघि सडक विभागलाई पत्र लेखेर तीनकुनेमा निर्माणाधीन पुलको ठेकेदार कम्पनीसँगकोसम्झौता तोड्न सिफारिस गरेका छौं,’ उनले भने,‘विभागले आवश्यक अध्ययन गरेर ठेक्का तोड्ने वा नतोड्ने निर्णय गर्नेछ।’

पप्पुलेतीनकुनेमा बाग्मतीमाथि निर्माण गरिरहेको पुलको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ठेकेदार कम्पनीले पुलको फाउन्डेसन (जग)को पाइल निर्माणमा रहेको गम्भीर त्रुटि सच्याउन बारम्बार अटेर गरेकाले ठेक्का तोड्नुपर्ने आयोजनाले जनाएको छ। संसद्को विकास तथा प्रविधिसमितिको अध्ययन प्रतिवेदनले तीनकुने पुल निर्माणमा गम्भीर गल्ती फेला पारेको थियो।

समितिले गत जेठमै ठेकेदार कम्पनीलाई कारवाही गर्न सिफारिस गरेपनि आयोजना र सडक विभागले आनाकानी गर्दै आएका थिए। ठेक्का सम्झौताअनुसार २९.५ मिटर गहिराइको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो। ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। त्यसैगरी दुईवटा पाइल क्र्याक भएको प्राविधिक परीक्षणमा देखिएको छ।

‘आयोजनाले गल्ती सुधार्न निर्देशन दिँदा पनि निर्माण कम्पनीले बारम्बार अटेर गरेको देखिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘गल्ती सुधारेर निर्माण गर्नबारम्बार अनुरोध गरिए पनि ठेकेदार कम्पनीले आलटाल गरेकाले ठेक्का रद्द गर्नुपरेको हो।’ प्रवक्ता श्रेष्ठले ठेकेदार कम्पनीले तीनकुनेको उत्तरतर्फको पुल निर्माणमा समस्या देखिएपनि दक्षिणतर्फ केही पाइलिङ गरेको बताए। ‘तर त्यो पनि अस्तव्यस्त छ,’ उनले भने।

प्रवक्ता श्रेष्ठका अनुसार आयोजनाले ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको एडभान्स पेमेन्टबापतको दुई करोड७७ लाख रुपैयाँ धरौटी जफत गरेको छ।‘ठेकेदार कम्पनीले नेपाल बंगलादेश बैंक र प्राइम बैंकबाट अग्रिमग्यारेन्टीबापत राखेको रकम जफत गरेका छौं,’ उनले भने,‘ठेक्का तोडेपछि कार्यसम्पादन जमानत रकम (पर्फर्मेन्स बन्ड) जफत गर्नेछौं।’सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले आयोजनाले ठेक्का तोड्नको लागि सिफारिस गरेको आधिकारिक खबर आफूसमक्ष नआएको बताए।

‘आयोजनाले तीनकुनेमा निर्माणाधीनपुलको ठेक्का सम्झौता तोड्नसिफारिस गरेको भन्ने हल्ला मात्रै सुनेको छु,’ उनले भने, ‘अहिलेसम्म उक्त सिफारिस टेबलमा आएको छैन। आएको खण्डमा ठेक्का सम्झौतामा भएको प्रावधान अनुसार नै कारवाही प्रक्रिया अघि बढाइनेछ।’ पप्पु कन्स्ट्रक्सनले टेकुमा निर्माणगरेको पुल पनि  मापदण्ड विपरीत भएको भन्दै सडक विभागले मान्यता दिएको छैन। विभागका प्रवक्ता सापकोटाले टेकु पुलको विवाद अहिले मध्यस्थकर्ता अदालतमा पुगेकाले कुनै निर्णय नभएको बताए।

आयोजनाका प्रवक्ता श्रेष्ठले ठेक्का तोडिएको खण्डमा फेरि नयाँ शिराबाट ठेक्का अघि बढाउनुपर्ने बताए। ‘ठेक्का तोडियो भने फेरि अध्ययन गरेर ठेक्का प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने। पप्पुले तीनकुनेको आर्क पुल २०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने लक्ष्सहित २०७१ पुस ९ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार बाग्मती नदीको उत्तर र दक्षिण दुवैतर्फ ८६ मिटर लामो तथा १७.२० चौडा पुल निर्माण गर्नुपर्ने हुन्छ। उक्त पुल निर्माण गर्न २१ करोड ३३ हजारमा ठेक्का लगाइएको थियो। तर, ठेकेदार कम्पनीको ढिलासुस्ती र कमसल निर्माणको कारणले पुलले गति लिन सकेको थिएन।
 

प्रकाशित: २९ कार्तिक २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App