coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दोहोरिए पुरानै उम्मेदवार

नेकपाका उम्मेदवार रूपा शाही र कांग्रसका उम्मेदवार खड्कबहादुर बोहरा।

गणेश विशु

वीरेन्द्रनगर - हुम्ला खार्पुनाथ गाउँपालिकामा तत्कालीन नेकपा एमालेबाट रूपा शाही २०७४ मा भएको निर्वाचनमा एक सय ८२ मतले पराजय भइन्। उनले पुनः सोही पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकी छिन्। उनले ८ सय ३६ मत ल्याउँदा नेपाली कांग्रेसकी सिन्दु हमाल शाहीले एक हजार १८ मत ल्याउँदै विजयी भएकी थिइन्।

दोस्रो पटकमा विजयी हुने उत्साहका साथ उम्मेदवारी दिएकी उनी चुनावी प्रचारमा व्यस्त छिन्। सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका खड्कबहादुर बोहरा पनि अघिल्लो स्थानीय तहको चुनावमा पराजय व्यहोरे। उनले तत्कालीन नेकपामा ओवादीका उम्मेदवारबाट ६ सय आठ मतान्तरले पराजय भएका थिए। उनी सोहीबेला तेस्रो स्थानमा थिए। उनी पनि अघिल्लो चुनावको हारलाई जितमा बदल्न पुनः उम्मेदवारी दिएका छन्।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र सल्यान कुमाख गाउँपालिका–५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचनमा यसअघि सम्पन्न स्थानीय तहको चुनावमा पराजय भएकाले पुनःउम्मेदवारी दिएका छन्। यहाँको आवश्यकतानुसार पुनःउम्मेदवारी दिएको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि उम्मेदवारी दिएकी रूपा शाहीले बताइन्। ‘अहिले मेरो आवश्यकता समाजले बुझेको छ,’ उनले भनिन्, ‘जनताको मागका आधारमा मैले उम्मेदवारी दिएकीहुँ। आशा छ मलाई जिताउनुहुनेछ,’ उनले भनिन्। नेकपाकाले शाहीलाई पुनः उम्मेदवार बनाएको हो। शाहीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछिन्। कांग्रेसबाट ताराकुमारी शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन्।

‘जनताले मलाई विश्वास गरे वडाबाट जिल्लामा सिफारिस गर्नुभयो,’ उनले भनिन्, ‘जिल्लाले आवश्यक ठानेर उम्मेदवार बनायो।’ पार्टी जनताका लागि इमान्दारी, लगनशील र कर्तव्यनिष्ठ भएर काम गर्दा अहिले पुनः उपाध्यक्षमा सबैले आफ्नो उम्मेदवारी स्वीकारेको उनको भनाइ छ। महिला, दलित, जनजातिलगायत गाउँपालिकाको अन्य विकासमा इमान्दारीसाथ काम गर्ने भन्दै उनले जनताले नै उठाएकाले उनीहरूले विजयी गराउने बताइन्।

हुम्लाको खार्पुनाथ गाउँपालिका कांग्रेस कर्णाली प्रदेशसभाका दलका नेता जीवनबहादुर शाहीको गाउँपालिकाहो। यो उपनिर्वाचनको प्रतिष्ठासँग पनि जोडिएको छ। यसभन्दा पहिला यो गाउँपालिका कांग्रेसका उम्मेदवारले जितेका थिए। सोहीबेला नेकपा एमाले र माओवादी एक थिएनन्।

अहिले एक भएपछि कांग्रेसलाई जित दो-याउन कडा मिहेनत आवश्यक देखिन्छ भने कांग्रेसको बदला लिन नेकपाभित्रको गुटउपगुट त्याग्न आवश्यक छ। यहाँ अघिल्लो चुनावको अवस्था हेर्दा नेपाली कांग्रेस र तत्कालीन नेकपा एमालेको मत धेरै अन्तर देखिँदैन। नेपाली कांग्रेसका उम्मेदवारले एक हजार १८ मत ल्याउँदा तत्कालीन नेकपा एमालेका उम्मेदवारले आठ सय ३६ मत ल्याएका थिए। हाल खार्पुनाथ गाउँपालिकामा ३ हजार २ सय ८७ जना मतदाता छन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App