coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली भूमि अतिक्रमण गरेका छैनौंः चीन

काठमाडौं- छिमेकी मुलुक चीनले नेपाली भूमी अतिक्रमण नगरेको बताएको छ। बिहिबार काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सदवै सम्मान गर्ने बताउँदै नेपाली भूमि अतिक्रमण नगरेको बताएका हुन्।

भारतले केहि दिनअघि सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूभाग पनि आफ्नो भन्दै दाबी गरेको थियो । सोहि बिषयमा समेत यो मुद्धा भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा चीनले जोड दिएको छ। 

वाङका अनुसार नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेकाले त्यहि बेला सीमा तय गरिएको हो।

दुतावासमा सञ्चारकर्मीहरु माँझ बोल्दै उनले भने ‘नेपाल र चीनबीचको सम्बन्धलाई कमजोर बनाउने प्रयास भइरहेको छ, तयो कुनै हालतमा सफल हुँदैन्।’

प्रकाशित: २८ कार्तिक २०७६ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App