coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुर मालपोतमा अनुगमन

भक्तपुर- भक्तपुर नगरपालिका अनुगमन समितिले बिहीबार भक्तपुर मालपोत क्षेत्रमा लेखापढी व्यवसायलगयात अन्य व्यवसाय अनुगमन गरेको छ। समितिको संयोजक राजकुष्ण गोराको अगुवाइमा गएको अधिकांश दर्ता नभएकोले अनुगमनकै क्रममा ११ व्यवसाय दर्ता गरेको संयोजक गोराले बताए।

अनुमगमन ताथली लेखापढी केन्द्र, दत्तातत्रय लेखापढी तथा कानुनी परामर्श, नमस्ते लेखापढी सेवा, रजौरा लेखापढी तथा कानुनी परामर्श केन्द्र, मध्यपुर लेखापढी सेन्टर, ॐ शान्ति स्टोर, बि.एन लेखापढी, आर एस तथा लेखापढी, सिन्धु भिमेश्वर लेखापढी तथा कानुनी सेवा केन्द्र, बि.जि.सोलुसन प्रालि. र सोलुसन लेखापढीमा भक्तपुर नगरपालिकामा दर्ता नगरकोले दत्तातत्रय लेखापढी तथा कानुनी परामर्शबाहेक सोही स्थानमा दर्ता गरेको जनाइएको थियो। साथै अनुमगनमा सेवा शुल्कको सूची राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए।

अनुगमनको क्रममा नगरपालिकाको दर्ता बिना पानमा दर्ता गर्न नहुने स्थानीय लेखापढी व्यवसायीहरुले गुनासो गरे। यसले गर्दा अहिले नगरपालिकको कारवाही भोग्नु परेकोमा दुःखेसो व्यक्त गरे। बजार अनुमगनले वस्तु वा सेवा क्षेत्रमा अनुचित व्यापारिक क्रियाकलाप, कानुनद्धारा नियन्त्रित वा निषेधित व्यापारिक क्रियाकलाप र एकाधिकारपूर्ण व्यापारिक क्रियाकलाप अनुसार स्थानीय सरकाल सञ्चालन ऐन २०७४ अनुसार कडा कारवाही हुने भएकोले सबैले व्यवसाय दर्ता गर्नुपर्ने स्थानीयले बताए।

अनुगमनमा अनुगमन समितिका सदस्य सचिव भनपा श्यानिटेशका नगर निरिक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी प्र.स.नि राजबहादुर डगौरा, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: २८ कार्तिक २०७६ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App