काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन्।
मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठनपाठन भए घर, परिवार र सिंगो समाजमा स्वच्छ वातावरण निर्माण गर्न सहज हुने पनि स्पष्ट पारे। उनले विद्यालयहरुको स्वच्छ वातावरण निर्माणका लागि काठमाडौं महानगरपालिकाले १३ करोड बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरेको उल्लेख गर्दै त्यसले विद्यालय तहको सुधार कार्यक्रममा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित मधुमेह नियन्त्रणार्थ प्रधानाध्यापकहरुको भूमिका’ विषयक गोष्ठीमा बोल्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाले मधुमेह रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण गरेको पनि स्मरण गराए।
मेयर शाक्यले नागरिकहरुलाई रोग लाग्न नदिने खालका सबै कार्यक्रमहरुमा काठमाडौं महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...
पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
यसमा तपाईको मत