६ वैशाख २०८१ बिहीबार
खेल

एसियन एमच्योर चेस,कृष्णको एकल अग्रता

काठमाडौं – नेपालका सिएम कृष्ण थापाले मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा एकल अग्रता बनाएका छन्। छैटौं चरणदेखि अग्रता कायम राखेका कृष्णले बुधबारको सातौं चरणमा सजिन महर्जनलाई हराएका थिए। उनले आठाैं चरणमा भारतका सुमित ग्रोभरसँग बराबरी गरे।

कृष्णको सात अंक हुँदा दोस्रो स्थानमा रहेका सुमितको ६.५ अंक छ। सुमितले सातौं चरणमा सुशील चौधरीलाई हराएका थिए। कृष्ण र सुशीललाई पछ्याएका नेपालका पुरुषोत्तम चौलागाईं र भारतका आर्नव कुसवाहले आठौं चरण सकिँदा समान ६ अंक बनाएका छन्।

यसअघि सातौं चरणमा आर्नभले रिजेन्द्र राजभण्डारी तथा पुरुषोत्तमले प्रकाश नेपालसँग बराबरी गरेका थिए। सातौं चरणको समाप्तिमा रिजेन्द्रको ५ अंक छ। १५ देशका  कुल ८४ खेलाडी सहभागी प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा हुनेछ। नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहीबारसम्म चल्नेछ।

प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजेताले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउनेछन्। चौथो र पाँचाैंले ५ सय,छैटौंले ४ सय तथा सातौंले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउनेछन्। आठौंदेखि दशाैं हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउनेछन्। प्रतियोगिता स्विस लिगका आधारमा ९ चरणमा हुँदै छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App