८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सरिफलाई विदेश जान अनुमति

इस्लामाबाद – पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान पाकिस्तानी सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ।

उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

तीन पटक प्रधानमन्त्री भइसकेका सरिफ भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहेका छन्।     कारागारमै रहेका बेला गम्भीर बिरामी भएको विवरण सार्वजनिक भएपछि पाकिस्तानको एक अदालतले केही दिन अगाडि उनलाई कारागारबाट बाहिर निकालेर अस्पताल लगेर उपचार गराउन आदेश दिएको थियो।

अदालतको आदेशपछि उनलाई केही दिन अस्पतालमा राखेर उपचार गराइएको थियो भने त्यसपछि अति सघन कक्ष (आईसियू) र चिकित्सकहरुको टोली उनकै निवासमा व्यवस्था गरिएको थियो।

स्वदेशमा गरिएको उपचार पर्याप्त नभएको ठहर गरेर उनलाई थप उपचारका लागि लन्डन लैजाने तयारी भइरहेका बेलासरकारले लन्डन जान अनुमति दिएको हो।

सरिफलाई उपचारका लागि विदेश बस्न चार साताको समय दिइएको पाकिस्तानी सरकारका एक मन्त्रीले पत्रकारहरूलाई जानकारी दिएका छन्।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App