coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

थाई एयरवेजद्वारा अवार्ड प्रदान

काठमाडौं– थाई एयरवेजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट एजेन्ट अवार्डबाट सुमेघ टुर्स एन्ड ट्राभल, काठमाडौं सम्मानित भएको छ। नेपालका लागि थाई राजदूत भुट्टी भुट्टिसेन्टले सुमेघका प्रबन्ध निर्देशक मेघ केसीलाई आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका हुन्।

त्यस्तै ओसो ट्राभल दोस्रो, गोरखा ट्राभल तेस्रो, मेगावाइट ट्राभल चौथो, सिलिङ्क ट्राभलले पाँचौ उत्कृष्ट एजेन्ट अवार्ड प्राप्त गरेका हुन् । थाई एयरवेजले नेपालमा सबैभन्दा धेरै टिकट बेच्ने एजेन्टलाई यो अवार्ड प्रदान गर्दै आएको छ । त्यस्तै १० कार्गो एजेन्ट समेत सम्मानित भएको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २२ मंसिर २०७३ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App