coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

राजस्व छल्नेविरुद्ध २१ करोडको मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले झुठा, नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ। झुठा बिलमार्फत राजस्व छल्ने त्रिपुरेश्वरस्थित केयर इन्टरनेसल, श्याम ट्रेडर्स चलाउने भारतीय नागरिक केशव वंशलसमेतलाई ११ करोड १९ लाख ८४ हजार रुपैयाँ बिगो कायम गर्दै दोब्बर जरिवाना, तीन वर्ष कैद माग दाबीसहित मुद्दा दर्ता भएको छ।

केशव वंशलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको भन्दै आवश्यक छानबिन, अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको विभागले जनाएको छ। त्यसैगरी, झुठा बिल र नक्कली बिलमार्फत राजस्व ठग्ने ५ वटा फर्म र सञ्चालकविरुद्ध ९ करोड ३९ लाख ३३ हजार रुपैयाँ बिगो र बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।

काभ्रेका काठमाडौं–३२ बस्ने एसपी इन्टरप्राइजेज, हिमाल कन्स्ट्रक्सनका शिवप्रसाद गौतमलाई राजस्व चुहावट अभियोगमा ३ करोड ८१ लाख २९ हजार रुपैयाँ बिगो माग गर्दै दोब्बर जरिवाना, ३ वर्ष कैद सजाय माग दाबीसहित बुधबार मुद्दा दर्ता भएको हो। त्यसैगरी वाटरमार्क इन्टरप्राइजेजका शिवराम न्यौपानेलाई १ करोड ५९ लाख ९४ हजार रुपैयाँ बिगो माग गर्दै दोब्बर जरिवाना, ३ वर्ष कैद सजाय माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

न्यू हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईविरुद्ध ६९ लाख ३९ हजार रुपैयाँ बिगो माग गर्दै दोब्बर जरिवाना, ३ वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दर्ता भएको छ। भक्तपुर ठिमीको न्यु युनिभर्सल इन्टरप्राइजेलका सुदर्शन चौलागाई विरुद्ध ३० लाख ३२ हजार रुपैयाँ बिगो माग गर्दै दोब्बर जरिवाना, ३ वर्ष कैद सजाय माग दाबीसहित बुधवार मुद्दा दर्ता भएको हो।

काठमाडौं ४ का आर्जन हार्डवेयर सप्लायर्स प्रालिका देवबहादुर खत्रीलाई राजस्व चुहावट गरेको अभियोगमा २ करोड ९८ लाख ३७ हजार रुपैयाँ बिगो माग गर्दै दोब्बर जरिवाना, ३ वर्ष कैद सजाय माग दाबीसहित बुधबार मुद्दा दर्ता भएको विभागले जानकारी दिएको छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App