coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सातौं राष्ट्रिय खेलकुदको तयारी तीब्र

सातौं राष्ट्रिय खेलकुदको उद्घाटनस्थल विराटनगरको सहिद रंगशाला। तस्बिर: चुमन बस्नेत/नागरिक

मोरङ-पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ। पछिल्लोपटक तोकिएको मितिसँगै तयारीको काम तीव्र पारिएको छ। पूर्वाञ्चलमा हुन लागेको राष्ट्रिय खेलकुद हुन अब १७ दिन बाँकी छँदामैदान व्यवस्थापन लगायत अन्य प्राविधिक कामलाई आयोजक समितिले तीव्रता दिएसँगै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। काठमाडौंमा २०३८ सालबाट सुरु राष्ट्रिय खेलकुद बल्ल पूर्वमा पहिलोपल्ट आयोजना हुन लागेको हो। पूर्वाञ्चल क्षेत्र विभिन्न खेलका खेलाडीको उर्वर क्षेत्रभए पनि ठूलो खेल महोत्सव भने हुन सकेको थिएन।

राष्ट्रिय स्तरका खेलकुद गतिविधि नभएपनि यस क्षेत्रका धेरै खेलाडीविभिन्न खेलको राष्ट्रिय टोलीमा अटाउन सफल भएका छन् ।

सातौं राष्ट्रिय खेलकुद राजनीतिक अस्थिरता, नाकाबन्दी, बन्द हड्ताल लगायत विभिन्न कारणबाट पटक–पटक स्थगित हुँदै आएको थियो । मंसिर ८ बाट गर्ने निर्णय गरे पनि भौतिक संरचना तयार नभएको, बजेट अपुग आदिका कारणले खेलकुद स्थगित भएको थियो ।

पछिल्लोपल्ट राष्ट्रिय खेलकुद परिषदले पुस ८ देखि गर्ने तय गरेसँगै तयारीसँग अन्य प्राविधिक स्थलगत निरीक्षणको काम सुरु भइसकेको छ ।

खेलकुद आयोजना स्थलको भौतिक पूर्वाधार निर्माणका काम ९९ प्रतिशत सम्पन्न भइसकेकाले परिषदले प्रचार–प्रसारलगायत अन्य काम थालेको जनाएको छ । साताव्यापी राष्ट्रिय खेलकुदमा ३० खेल विधाको प्रतिस्पर्धा गराइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतियोगिताको उद्घाटन पुस ८ मा विराटनगरको सहिद रंगशालामा हुनेछ भने सुनसरीको धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट समापन गरिनेछ ।

प्रतियोगिता हुने निश्चित भएपछि खेलस्थलको भौतिक संरचना, प्राविधिक अवस्था बुझ्न आएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले  भने, ‘यो प्रतियोगिताको अन्तिम मिति तोकिएको हुँदा अब कुनै पनि बहानामा प्रतियोगिता सर्दैन ।’

दुई महिनाअघि आउँदाको संरचनामा धेरै परिवर्तन पाएको दाहालले बताए । उनका अनुसार प्रतियोगिता आयोजना गर्न २० करोड निकास भइसकेको र अब १० करोड आवश्यक परेको हुँदा अर्थ मन्त्रालयसँग कुरा अघि बढिसकेको उनले जनाए । 

उनले भने, ‘सातौंका लागि तयार भौतिक संरचनाले पछिखेलकुद विकासमा ठूलो टेवा पुग्नेछ ।’ 

‘अब कसैलेपनि खेलकुद हुँदैन भनेर नसोचौं, जस्तोसुकै अवस्था आएपनि सातौं राष्ट्रिय हुन्छ,’ सचिव दाहालले दाबी साथ भने ।

प्रतियोगिताको तयारीस्वरुप पूर्वका विभिन्न ठाउँमा गेट निर्माण र प्रचारप्रसारको काम पनि थालेको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले बताए । ‘सातौं खेलकुदले तीन वर्षपछि हुने साग खेलकुदको तयारी पनि हो,’ विष्टले भने दाबी साथ भने, ‘यसपटकको राष्ट्रिय खेलकुद अहिलेसम्मकै उत्कृष्ट हुनेछ ।’

राष्ट्रिय खेलकापुराना रेकर्ड तोड्ने र नयाँ रेकर्ड राख्ने खेलाडीलाई विशेष सम्मान गरिने उनले बताए ।उनका अनुसारनयाँ कीर्तिमानबनाउने खेलाडीले २५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा ५ हजार खेलाडी, प्रशिक्षक तथा विभिन्न पदाधिकारी सहभागी हुनेछन् । साथै अन्य सरकारी निकायका प्रतिनिधि, स्वयंसेवक गरी ८ हजारको उपस्थिति रहने अनुमान छ । रग्बी, डान्स स्पोर्ट्स, साम्बो, रक क्लाइम्बिङ, दोहोरीको प्रदर्शनी हुने जनाइएको छ । प्रतियोगिता अवधिमा पूर्वको पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले खेलाडीलाई निःशुल्क घुमाउने कार्यक्रम पनि रहेको विष्टले बताए ।

यस्तै राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई समापनको दिन धरानको विष्णुपादुकाबाट पाराग्लाइडिङमा उडाएर कार्यक्रमस्थल ल्याइने व्यवस्था गरिनेछ ।

विष्टले भने, ‘यसपटक राष्ट्रिय खेलकुद अरुबेलाभन्दाराम्रो व्यवस्थापनमा हुनेछ । हामीले खेलाडीको सेवासुविधाप्रति विशेष ध्यान दिँदै भत्ता वृद्धि गरेका छौं । परिषदले आर्थिक पारदर्शिताका साथ काम गरेको छ।’

सातौं राष्ट्रिय खेलकुदका क्षेत्रीय छनोत खेलमंसिर २० देखि ३० सम्म सबै क्षेत्रमा भइसक्ने अनुमान छ । पुस २ देखि सुनसरीको दुहबीमा महिला फुटबल हुनेछ भने फेन्सिङ र स्क्वासका खेल काठमाडौंमा गरिनेछ।

सातौं खेलकुदअन्तर्गत मोरङको विराटनगरमा टेबलटेनिस, कबड्डी, आर्चरी, खोखो, बैजनाथपुरमा पुरुष क्रिकेट, सफ्ट टेनिस, सुटिङ र टंकीसिनुवारीमा ह्यान्डबलका पुरुष र महिलाको खेल हुनेछ । सुनसरीको धरानमा पुरुष फुटबल, कराते, बास्केटबल पुरुष र महिला, फुल कन्ट्याक्ट कराते, उसु, साइक्लिङ, इनरुवामा सेपाकटाक्रो र इटहरीमा एथलेटिक्स, तेक्वान्दो, भलिबल पुरुष तथा महिला, क्रिकेट महिला र झापाको चन्द्रगढीमा पुरुष फुटबल, काँकडभिट्टामा ब्याडमिन्टन, धुलाबारीमा जुडो, जिम्न्यास्टिक र दमकमा आइटिएफ तेक्वान्दोहुनेछ। सप्तरीको राजविराजमा भारोत्तोलन तथा सिरहामा कुस्ती हुनेछ। धनकुटामा बुद्धिचाल र कास्कीको पोखरामा लनटेनिस खेलाइने।

 

 

 

प्रकाशित: २२ मंसिर २०७३ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App