काठमाडौं- बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ।
काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ ९सुनिता तामाङ० भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नै नजीकको नाता पर्ने बालिकालाई यसरी बेचेको खुल्न आएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
आरोपी लामालाई आठ वर्षपछि आज प्रहरीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकास्थित देउवाचोकबाट पक्राउ गरेको छ। उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार रहेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले जनाएको छ। 'उनले बालिकालाई घर जाने बहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ', प्रहरी उपरीक्षक थपलियाले भने।
लामाले दोस्रो दिन सोही ठाउँको एक कोठी सञ्चालक लक्ष्मी र हेमालाई १० हजार भारतीय रुपैयाँमा बेचेको ब्यूरोले जनाएको छ।
बालिकालाई कोठी सञ्चालकले करीब एक महिना कोठामा बन्धक बनाई शारीरिक वृद्धिका लागि सुईको प्रयोग गरी औषधि खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसपछि भारतको नयाँ दिल्लीस्थित कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको थियो।
सोही क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए। माइती नेपालले बालिकालाई कात्तिक २० गते ब्यूरोमा बुझाएको थियो। उनको जाहेरीका आधारमा प्रहरीले अभियुक्त लामालाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले जानकारी दिए। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...
पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
यसमा तपाईको मत