१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेचबिखनको आरोपमा भारतीय नागरिक पक्राउ

मानव बेचबिखनको आरोपमा पक्राउ परेका भारतीय नागरिक मोहम्मद रियाज। तस्बिर/नागरिक

विराटनगर- भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बिक्रि गरेको आरोपमा भारत विहारका मोहम्मद रियाज पक्राउ परेका छन्।

विराटनगर–१५ रानी स्थित हिमालय गेष्टहाउसमा कार्यरत रियाजलाई कात्तिक २५ गते पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए।

खिउजुका अनुसार रियाजले भारत फार्विसगञ्जबाट काम लगाइदिने प्रलोभन देखाएर एक महिलालाई उक्त गेष्टहाउसमा ल्याएका थिए। प्रारम्भिक अनुसन्धानबाट गेष्टहाउस सञ्चालकसँगको मिलेमतोमा रियाजले ती महिलालाई करकाप र प्रभावमा पारी बेश्यावृत्तिमा लगाएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रियाजमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७६ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App