८ वैशाख २०८१ शनिबार
समाज

धारिलो हतियार प्रहार गरी सौताको हत्या

सर्लाही- जिल्लास्थित चक्रघट्टा गाउँमा एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्नै सौताको विभत्स् ढंगले हत्या गरेकी छन्। चक्रघट्टा गाउँपालिका–४ निवासी शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले आफ्नै सौता २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन्।

मंगलबार साँझ कोरैसाले खुर्सिदाको हत्या गरेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। ‘घरभित्रै पराल काट्ने फलामको धारिलो हतियारले शरिरका विभिन्न ठाउँमा काटेर टुक्रा–टुक्रा पारेको रहेछ’, प्रहरी उपरीक्षक भट्टराईले भने, ‘विभत्स ढंगले हत्या गरी टुक्रा टुक्रा पारेको शवलाई झोलामा हालिएको रहेछ।’ शव फाल्न लागेको अवस्थामा प्रहरीले कोरैसालाई पक्राउ गरेको हो।

घरभित्र आवाज आएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको टोलीले कोरैसालाई पक्राउ गरेको थियो। घरको छतबाट हाम फालेर भाग्न खोज्दै गर्दा प्रहरीले घेरा हालेर उनलाई पक्राउ गर्न सफल भएको थियो। प्रहरीका अनुसार हत्यामा प्रयोग गरिएको धारिलो हतियार घरभित्र भ¥याङ मुनि लुकाएको अवस्थामा बरामद भएको छ।

स्थानीय बासिन्दाका अनुसार कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको थियो। शेखले तीन महिना अघि मात्र खुर्सिदालाई दोस्रो पत्नीको रुपमा विवाह गरेका थिए।

श्रीमान शेख बलाल भने चार दिन अघिमात्रै वैदेशिक रोजगारीमा गएको र हत्या हुँदा घरमा अशक्त अवस्थाकी सासु मात्रै रहेको प्रहरीले जनाएको छ। कोरैसालाई कर्तव्य ज्यान मुद्धामा कारबाही प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

प्रकाशित: २७ कार्तिक २०७६ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App