६ वैशाख २०८१ बिहीबार
समाज

धानको मूल्य निर्धारण

बर्दिया– खाद्यसंस्थान, राजापुरले धान खरिद प्रक्रिया सुरु गर्न बुधबार धानको मूल्य निर्धारण गरेको छ। खाद्य मूल्य निर्धारण समितिले धान खरिद गर्न धानको मूल्य निर्धारण गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछान अध्यक्षतामा, उद्योग वाणिज्य संघ र किसानका प्रतिनिधि र खाद्य मूल्य निर्धारण समितिको बैठकले धानको मुल्य निर्धारण गरेको हो।

धान मोटा २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मकवानपुर जातको धान २ हजार ७ सय समर्थन मूल्य निर्धारण गरेको छ। २०४५ सालमा स्थापना भएको खाद्य संस्थानको आधुनिक मिलले धान खरिद गरी प्रशोधन गर्दे आएको छ।

द्धन्द्धकालमा केहि वर्ष बन्द अबस्थामा रहेको थियो। मिल र गोदाम क्षति ग्रस्त बनेपछि पुर्ननिर्माण गरी पुनः संचालनमा ल्याईएको छ। केहि संस्थान संकलनका साथै प्रशोधन बन्द गरेको थियो। आधुनिक मिलबाट तयारी अवस्थाको चामल खाद्य संकटका बेला विकट पहाडी जिल्लामा जाने गरेको छ। राजापुर क्षेत्रमा अत्याधिक धान उत्पादन हुने क्षेत्र हो। वर्षेनी उक्त क्षेत्रमा ८ लाख क्वीटल भन्दा बढि धान उत्पादन हुने रेकर्डमा देखिन्छ।

खाद्यान्न अभाव भएको बेला विकट पहाडी जिल्लासम्म पु¥याउन लक्ष्य खाद्य संस्थानले धान खरिद गर्दै आएको छ। खाद्य संकटका बेला कालिकोट, हुम्ला, जुम्ला जस्ता पहाडी जिल्लामा खाद्यान्न पठाउने संस्थानले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७६ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App