७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

गाजा सिटी– इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ।

इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डर विरुद्ध मङ्गलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। इस्लामिक जिहादले बुधबार मारिएका दुई व्यक्तिमध्ये एक जना आफ्ना सदस्य रहेको दावी गरेको छ।

इस्लामिक जिहाद समूहले प्यालेस्टिनी गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरेको भन्दै बुधबारदेखि जिहाद विरुद्ध कारबाही थालिएको इजरायली सेनाले जानकारी दिएको छ। जिहाद समूहले प्रयोग गरिरहेको रकेट प्रक्षेपण स्थललाई ध्वस्त पारिएको इजरायली सेनाले दावी गरेको छ।

इजरायली हवाई आक्रमणअघि गाजासँग सीमा जोडिएका इजरायली शहरहरु आश्केलोन र नेटिभोटमा हवाई साइरन बजाइएको थियो। इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इस्लामिक जिहादका कमान्डर बाहा अबु अल–आटा मङ्गलबार मारिएसँगै गाजाबाट इजरायलतर्फ २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए, तर ती आक्रमणबाट इजरायलतर्फ कुनै क्षति पुगेको छैन।

गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्रमध्ये झण्डै ९० प्रतिशतलाई आकाशमै नष्ट पारिएको इजरायली सेनाले बताएको छ। एएफपी

प्रकाशित: २७ कार्तिक २०७६ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App