coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वतन्त्रसहित तीन उम्मेदवारी

रोल्पा- रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ ठूलोगाउँमा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि एक स्वतन्त्र सहित ३ जना उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन्। यहि मंसिर १४ मा हुने चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीबाट जनक बहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्र कुमार झाँक्रीले उमेद्वारी दिएका हुन्।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत रहेका भद्र कुमार झाक्री अघिल्लो स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्रबाट निर्वाचित वडा सदस्य हुन्। उनले वडा सदस्य पदबाट राजीनामा दिएर वडा अध्यक्ष पदमा उमेद्वारी दिएका हुन्। झाक्रीले सदस्य पदबाट राजिनामा दिएको स्वीकृत पत्र लिएर उमेद्वारी दर्ता गराएका थिए। मंगलबार गाउँपालिका अध्यक्ष सामु पेस गरिएको राजिनामा सोहि दिन स्वीकृत गरिएको थियो।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले उमेद्वारको नामावली प्रकाशन गरिएको बताए। उमेद्वारी दर्ताका लागि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, सचिव हरि प्रसाद घर्ती, नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन, नेबि संघ रोल्पा अध्यक्ष शेरबहादुर थापा, श्रीकुमारी रोका लगायतका नेता कार्यकर्ता थवाङ पुगेका थिए।

सर्वसम्मत उमेद्वारीका लागि बुधवार बिहानसम्म दलहरुले ब्यापक छलफल गरे पनि अन्नत सबैले उमेद्वारी दर्ता गराएका हुन्। गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले अझै पनि सहमतीको प्रयास भईरहेको बताए। ‘हामी सहमतीमा निर्विरोध निर्वाचनको प्रयासमा छौ। अझै पनि सहमतीको ढोका खुलै छ,’ अध्यक्ष घर्तीले थपे ‘झन पछि झनै सहमतीका लागि वातावरण सहज भईरहेको छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App