८ वैशाख २०८१ शनिबार
राजनीति

आदर्श-२ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी

डोटी- डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको उम्मेदवारी परेको छ।

जसमा नेकपाका तर्फबाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका काशिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काको मनोनयन परेको छ। यसअघि तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: २७ कार्तिक २०७६ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App