७ वैशाख २०८१ शुक्रबार
राजनीति

वडाध्यक्षका लागि तीन जनाकाे मनाेनयन दर्ता

गुल्मी- मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा तीन जनाले मनाेनयन दर्ता गरेका छन्। मंसिर १४  गते हुने उपनिर्वाचनका लागि बुधबार सत्तारूढ दल नेकपा, नेपाली काङ्ग्रेस रएक जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन्। 

रुरु क्षेत्र गाउँपालिका-६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पुर्णबहादुर रेगामीको निधन भएपछि वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गिरिप्रसाद सिन्जालीलाई प्रतिस्पर्धामा उतारेको छ। भने नेपाली काङ्ग्रेसले बेदप्रसाद दर्लामीलाई उमेदवार बनाएको छ।

मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेद्बारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपाका उमेदवार सिन्जाली २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी वडा सदस्य हुन् भने नेपाली काङ्ग्रेसका दर्लामी वडा अध्यक्षमा पराजित भएका थिए।

पन्चेबाजासहित नेपाली काङ्ग्रेस नेता चन्द्र भण्डारी र जिल्ला स्तरिय नेता कार्यकर्ताको साथमा ११:४७ बजे मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।

त्यसपछि नेकपाले प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा १२: ५० बजे मनोनयन दर्ता गरेको पौडेलले बताए। त्यसपछि स्वतन्त्रका उमेदवार मनबहादुर दर्लामीले मनोनयन दर्ता गराएका थिए।

प्रकाशित: २७ कार्तिक २०७६ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App