coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

उदयपुर- उदयपुरमा शिकार खेल्न गएका बेला आफ्नै साथीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडास्थित जंगलमा शिकार खेल्ने क्रममा मंगलबार दिउँसो भरुवा बन्दुकको गोली लागेर कटारी ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार शिकार खेल्न तीन जना गएका थिए र सँगै गएका साथी अमृतबहादुर राउतले हानेको गोली लागेर शंकरको घटनास्थलमै मृत्यु भएको हो। अमृतले शिकार ताकेर हानेको गोली लाग्दा शंकरको मृत्यु भएको प्रहरीको आशंका छ।

घटनाबारे प्रहरीलाई मंगलबार साँझ मात्र खबर आएको र खबर पाएलगत्तै गएको इप्रकाको टोलीले कानुनी प्रक्रिया अनुसार घटनास्थलको सर्जमिन मुचुल्का गरी फर्केको छ। टोलीले शंकरको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याएको तथा सँगै शिकार खेल्न गएका ३८ वर्षीय चक्रबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ।

गोली हान्ने अमृतबहादुर राउत भने घटनालगत्तै फरार भएकाले खोजी कार्य भईरहेको इलाका प्रहरी कटारीले जनाएको छ।

 

प्रकाशित: २७ कार्तिक २०७६ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App