काम नगर्ने ठेकेदारका तस्बिर नगरकोटका पोल र सवारी साधनमा

बुधबार, २७ कार्तिक २०७६, १२ : १७ कृष्ण किसी

भक्तपुर - भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै स्थानीयले ठेकेदारको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्। वर्षौदेखि काम हुँदै आए पनि अझै नसकेको भन्दै नगरकोट रोडका पोलपोलमा माथि जनावरको र तल ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो टाँसेका हुन्। अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दहालका घरबेटी समेत हुन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा पोलपोलका साथै त्यहाँ चल्ने सवारी साधनहरुमा पनि त्यस्ता फोटोहरु टाँगिएका छन्।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष प्रविण गुरुङले समयमै सडक विस्तार कार्य सकाउन दवाव दिने उद्देश्यले यसरी फोटो टाँसिएको बताए। यसबाट सरकार, राजनीतिक पार्टी मात्रै नभई सर्वसाधारणको पनि ध्यानाकर्षणका लागि यसो गरिएको उनले बताए।

आर्थिक वर्ष २०७२/०७३ मै सकिनुपर्ने सडक विस्तार योजना अझैसम्म नसकिंदा त्यहाँ पर्यटक चाहेर पनि पुग्न सकेका छैनन्। त्यसकारण त्यहाँ पुग्न चाहने पर्यटकहरुले डाइभर्ट भएर धुलिखेललगायतका ठाउँहरुमा पुगिरहेका छन्।

समितिको तथ्यांक अनुसार नगरकोटमा रहेका करिब चार दर्जन ठूला तथा साना होटलहरूले मौसममा दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्ने तथ्यांक छ। तर सडकको दुरावस्थाले अहिले उक्त कारोबार आधाले कमी आएको समितिले जनाएको छ। नगरकोटका होटलहरुले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्छन्।

काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने भने पनि व्यवहारमा भने त्यो लागु हुन सकेको छैन।











यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad