कर्मचारी सशक्तीकरण : किन र कसरी ?

बुधबार, २७ कार्तिक २०७६, ११ : ५० नीलम तिम्सिना

व्यवस्थापन भनेको कर्मचारीरूबाट न्यूनतम लागतमा अधिकतम उपलब्धि लिने प्रक्रिया हो। संस्थाको लक्ष्य प्रभावकारी ढंगबाट हासिल गर्न कर्मचारीलाई कतिको सशक्तीकरण, प्रेरित, उत्साहित र अधिकारसम्पन्न गरिएको छ भन्ने कुरा अति महत्वको हुन्छ। सशक्तीकरण भन्नाले व्यक्तिलाई सोच्ने, व्यवहार गर्ने, मर्यादित र सुरक्षिततवरले कार्य गर्ने, कार्य नियन्त्रण गर्ने र समग्रमा निर्णय लिने स्वतन्त्रता प्राप्त हुनु हो। अर्थात् आफ्नो र संगठनको भाग्य निर्माण गर्ने सिलसिलामा आफू सशक्त भएको अनुभव नै सशक्तीकरण हो। सशक्तीकरणअन्तर्गत कर्मचारी आफैं निर्णय गर्न, कार्य गर्न र परिणामप्रति जागरुक एवं जिम्मेवार हुने गर्छ। संगठनको मुख्य दायिŒवचाहिँ कार्य वातावरण सिर्जना गरिदिने हो, जसले कर्मचारीहरूलाई अझ सशक्त ढंगले कार्य गर्ने दक्षता र इच्छा जागृत गर्न सकोस्। यस क्रममा आउने बाधा, व्यवधान हटाइदेओस्।

कर्मचारी सशक्त हुँदा संस्थाको रणनीतिक उद्देश्य कुशलतापूर्वक हासिल गर्न सहयोग पुग्छ। अर्थात्, मुनाफामा वृद्धि, उत्पादकत्वमा वृद्धि, लागतमा कमी, समयको बचत, वस्तु तथा सेवाको राम्रो गुणस्तर हासिल गर्न सकिन्छ। समग्रमा भन्ने हो भने संस्थाको सफलताका लागि कर्मचारीको सशक्तीकरण अति आवश्यक छ।

नेपालमा कर्मचारी सशक्तीकरणको अवस्था अत्यन्त कमजोर छ, त्यसमा पनि महिला कर्मचारीको सशक्तीकरण त झन् दयनीय छ।

कर्मचारी सशक्तीकरण कसरी ?
सर्वप्रथम, कर्मचारीलाई मूल्य दिनु र दिएको आभास गराउनु, कर्मचारी सशक्तीकरणको मुख्य उपाय हो। व्यवस्थापकले कर्मचारीलाई के कस्तो मूल्य दिइरहेको छ भन्ने कुरा उसका शब्द, कार्य, अभिव्यक्ति, शारीरिक भाषा एवं शाब्दिक अभिव्यक्तिबाटै थाहा हुन्छ।

व्यवस्थापकले प्रत्येक व्यक्ति अद्वितीय हुन्छ भन्ने मान्यता राखी उनीहरूको प्रशंसा गर्नुपर्छ। अर्को कुरा, नेतृत्व र दूरदृष्टिको विभाजन गरेर कर्मचारीलाई सशक्त बनाउन सकिन्छ। उद्देश्य र दिशाको बाँडफाँड गरेर समेत कर्मचारीलार्ई सशक्त बनाउन सकिन्छ। संगठनको समग्र उद्देश्य के हो र यो समग्र उद्देश्य प्राप्तिका लागि प्रत्येक समूह, विभाग, व्यक्तिको उद्देश्य के हुनुपर्छ र उनीहरूको कार्यसम्पादन कुन दिशातर्फ निर्देशित हुनुपर्ने हो, सो कुराको निक्र्योल व्यवस्थापनले गर्नुपर्छ।

सकेसम्म उद्देश्य मापन गर्न सकिने, हासिल गर्न सकिने र अवलोकन गर्न सकिने हुनुपर्छ। कर्मचारीहरूलाई सही कार्य गर्न, सही निर्णय लिन, सही छनोट गर्न उनीहरूलाई विश्वास गर्नुपर्छ। कर्मचारीहरूलाई विश्वासमा लिँदा संगठनको इच्छा के हो, गर्नुपर्ने काम के हो,  भन्ने बुझ्न थाल्छन्। यसबाट दिगो प्रकारले उनीहरूले जिम्मेवारीपूर्वक काम गर्छन्।

संगठनको उद्देश्य हासिल गर्न आवश्यक निर्णय गर्नाका साथै सम्पूर्ण सूचनामा कर्मचारीहरूको पहुँच पु¥याउनुपर्छ। अर्थात् माथिबाट तल मात्र हुने किसिमको सूचना तथा निर्णय प्रणाली हुनु हुँदैन। बरु माथिबाट तल र तलबाट माथिसम्म हुने किसिमको सूचना तथा निर्णय प्रणाली हुनुपर्छ। खुला सञ्चार नीति कार्यान्वयन गरेर मात्र कर्मचारी सशक्तीकरण गर्न सकिन्छ। हाकिम र कर्मचारीहरूको बीचमा निरन्तर विचार, भावना, ज्ञान आदानप्रदान हुनुपर्छ। यसले उनीहरूका व्यक्तिगत विचार, क्षमता, गौरवको उजागर तथा प्रवद्र्धन गर्छ। निर्णय प्रक्रियामा उनीहरूलाई सहभागी गराइनुपर्छ, जसले गर्दा उनीहरू जिम्मेवारीबाट पन्छिने र लगाएको, अह्राएको मात्र काम गर्ने प्रवृत्तिमा कमी आई सशक्त भएर आफैं निर्णय र जिम्मेवारी लिने गर्छन्। यसबाट व्यवस्थापकको आधा काम घट्छ।

कर्मचारी सशक्तीकरण गर्न हाकिम/नेताले आफूलाई नमुना/अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ।

कर्मचारीलाई सशक्त बनाउन काम मात्र होइन, अधिकार र परिणाम पनि प्रत्यायोजन गर्नुपर्छ। संगठनमा कर्मचारीहरूलाई बढीभन्दा बढी काम मात्र थोपर्नुको सट्टा सो काम गर्न आवश्यक अधिकार प्रदान गर्ने र त्यस कामबाट प्राप्त परिणामका लागि जिम्मेवार बनाइनुपर्छ।  कर्मचारीहरूले के कसरी कार्य गरिररहेका छन्, त्यसबाट संगठनको उद्देश्य प्राप्तिमा के कस्तो सहयोग पुगिरहेको छ वा छैन ? उनीहरूलाई अधिकार पर्याप्त प्रत्यायोजन गरिएको छ वा छैन, जिम्मेवारी कसरी निर्वाह गरिरहेका छन्  भन्ने बारेमा पृष्ठपोषण निरन्तर दिइरहनुपर्छ। तर यस्तो पृष्ठपोषण दिँदा नकारात्मक र व्यक्तिगत रूपमा चाहिँ दिनु हुँदैन। सकारात्मक र सामूहिक पृष्ठपोषण हुनुपर्छ। आफ्ना कमीकमजोरी उनीहरूले सुधार गर्छन्। राम्रा कामका लागि प्रशंसा गर्न पनि चुक्नु हुँदैन। उनीहरूको कार्यसम्पादनमा केही कमीकमजोरी देखिएमा त्यसलाई सुधार्न र थप दक्ष बनाउन प्रशिक्षण, विकासका अवसरहरू पनि दिने गर्नुपर्छ।

कार्य गर्दा समस्या आएमा त्यसको समाधान गर्ने, तर व्यक्तिको टीकाटिप्पणी नगर्ने अभ्यास संगठनमा बसाउनुपर्छ। तर कसैले जानीजानी नियतवश गल्ती गरेको रहेछ भनेचाहिँ पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ, जसले गर्दा संगठनका अन्य कर्मचारी काम गर्न हतोत्साही नहुन्। कार्यक्षेत्रमा व्यवस्थापकले जहिल्यै कर्मचारीहरूका कुरा सुन्नुपर्छ र पाठ सिक्नुपर्छ। कार्यक्षेत्रमा परिआएका समस्याहरूबारे कार्य गर्ने कर्मचारीहरू नै भुक्तभोगी र जान्ने हुन्छन्। तसर्थ उनीहरूले केही समस्या लिएर व्यवस्थापनसमक्ष आएमा उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने र त्यसको समाधान गर्न उनीहरूसँगै उपायहरू माग्ने गर्नुपर्छ। यसो गर्दा कर्मचारीहरूले आफूले जानेका, देखेका समाधानका उपाय प्रस्तुत गर्छन् र त्यसले अर्कातिर कर्मचारीहरू भरसक समस्या नल्याउने र ल्याए समाधान पनि प्रस्तुत गर्ने गर्छन्। उनीहरूमा आफैं सशक्तीकरण सिर्जना हुन्छ।

कर्मचारीहरू मानव हुन् र स्वभावैले कार्यको प्रशंसा, पुरस्कार र कामको पहिचान खोज्छन्। यी कुरा पायो भने ऊ संगठनको उद्देश्य प्राप्तिमा सशक्त रूपले लाग्छ। निर्णय प्रक्रियामा सहभागी बनाउनु, उद्देश्यको ज्ञान दिनु, नेतृत्व विभाजन गर्नुका अतिरिक्त उनीहरूलाई पर्याप्त पारिश्रमिक दिनु, उनीहरूको कामको प्रशंसा गर्नु, यथेष्ट व्यक्तिगत विकासका अवसरहरू दिनुपर्छ। उनीहरूको काम, कर्तव्य, उत्तरदायिŒव र अधिकारको यथोचित रूपमा प्रस्ट ढंगले बाँडफाँड गरिदिनुपर्छ। के गर्ने भन्ने नै प्रस्ट छैन भने कसरी उसले सशक्त रूपमा प्रभावकारी र  गुणस्तरीय ढंगले काम गर्न सक्छ ? कर्मचारी सशक्तीकरण गर्न हाकिम÷नेताले आफूलाई नमुना÷अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। नेता÷ हाकिम विद्वतायुक्त, निरन्तर अध्ययनशील, हसिलो, नआत्तिने, संकटको घडीमा पनि अन्य कर्मचारीलाई हौसला दिन सक्ने, मेहनती, परिश्रमी, स्फूर्त, सहिष्णु, दूरदर्शी, साहसी, शीघ्र र सही निर्णय क्षमता भएको, उत्तरदायिŒव लिने क्षमता भएको र परिपक्व हुुनुपर्छ। यसले गर्दा कर्मचारीले पनि त्यही गुण सिक्छन् र आफूलाई सशक्त बनाउन सक्छन्।

अधिकतर कर्मचारी जोखिम लिन नचाहने र जिम्मेवारी पन्छाउने खालका हुन्छन्। यस्तो प्रवृत्तिले कर्मचारीहरू कहिल्यै सशक्त हुन सक्दैनन्। उनीहरूलाई जोखिम लिन सिकाउनुपर्छ। काम दिनुपर्छ, चाहे त्यो काम गर्दा कहिलेकाहीं किन नबिग्रियोस्। हाकिमले कर्मचारीहरूको निश्चित हदसम्मको असफलतालाई स्वीकार गर्नुपर्छ। कर्मचारीलाई कुनै चुनौतीपूर्ण काम दिनुभन्दा अघि नै बारम्बार सच्याउने, असफल हुन्छ कि भनेर काम नै नदिने आदि प्रवृत्ति हाकिमले देखायो भने उनीहरू हरेक कार्य गर्नुअघि हाकिमको स्वीकृति लिन खोज्ने, अन्यथा काम गर्नै नचाहनेजस्ता व्यवहार देखाउँछन्, जुन सशक्तीकरणको तगारो हो।

काम गर्ने अधिकार, चुनौतीपूर्ण कार्यका साथै कर्मचारीहरूलाई कार्यप्रति उत्तरदायी, जवाफदेही पनि बनाउनुपर्छ। नत्र उनीहरूमा अराजकता हावी हुन्छ। सानोतिनो असफलतालाई कार्य दौरानमा नजरअन्दाज गरे पनि अन्ततोगत्वा उनीहरूले गर्नुपर्ने काम के हो ? उनीहरूको गन्तव्य के हो, संस्थाले उनीहरूबाट गरेको अपेक्षा के हो ? आदि कुराबारे उनीहरूलाई स्पष्ट रूपमा जानकार बनाइएको हुनुपर्छ।

कर्मचारीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराएपछि उनीहरूमा एक किसिमको उत्तरदायिŒव र जवाफदेहिताको विकास हुन्छ, उनीहरूलाई कसरी गर्ने भन्ने आदेश दिइरहनुपर्दैन, के गर्ने भन्ने बताइदिए पुग्छ। उनीहरूले नै समस्या समाधानको उपाय प्रस्तुत गर्छन्। प्रत्यक्ष निरीक्षण, सुपरिवेक्षणको आवश्यकता पनि धेरै हट्न जान्छ।

कर्मचारीहरूलाई सशक्त बनाउने अन्य धेरै उपायहरू छन्। आर्थिक प्रोत्साहन (तलब, भत्ता) मात्रले कर्मचारीलाई प्रोत्साहन गर्न सकिँदैन। गैरआर्थिक सुविधाहरू जस्तै ः बिदा, अध्ययन, काज बिदाको सुविधा, समयसापेक्ष बढुवा, तालिम, उचित व्यक्तिको उचित स्थानमा पदस्थापन (कर्मचारी युनियन तथा राजनीतिक दलको दबाबमा होइन), योग्य÷दक्ष कर्मचारीलाई संस्थामा टिकाइराख्ने व्यवस्था, अवकाशका बेला पुराना अनुभवी कर्मचारीको ज्ञान हस्तान्तरण गर्ने व्यवस्था, कर्मचारी उत्तराधिकारी व्यवस्था, महिला कर्मचारीहरूलाई पर्याप्त प्रसूति बिदा, शिशु स्याहार केन्द्रको व्यवस्था आदि गरेर पनि कर्मचारी सशक्तीकरण गर्न सकिन्छ।

महिला कर्मचारीका हकमा कर्मचारी सशक्तीकरणको विषयलाई थप संवेदनशील तवरले हेरिनुपर्छ। यत्र नार्र्यस्तु पुज्यन्ते, तत्र रमन्ते देवता भन्ने पौराणिक श्लोक त्यसै बनेको होइन। विश्वका विकसित देशहरूको विकास किन र कसरी भएको हो भनी हेर्दा महिलालाई आत्मनिर्भर, स्वावलम्बी, सम्मानित बनाएर मात्र भएका हुन् भन्ने देखिन्छ। पुरुष र महिलालाई धेरै साझा विषयमा एकै प्रकारले सशक्तीकरण गरिए तापनि केही विषयमा महिला कर्मचारीलाई विशेष प्राथमिकता दिनुपर्छ।

कतिपय कार्यालयमा महिला कर्मचारीलाई कतिपय अवस्थामा प्रत्यक्ष–अप्रत्यक्ष लैंगिक रूपमा असहज व्यवहार हुने गरेको कुरा पत्रपत्रिका तथा सम्बन्धित महिला कर्मचारीबाटै सुन्नमा आउने गरेका छन्। त्यो जुनसुकै महिला कर्मचारीले पनि कुनै न कुनै बेला भोगेकै हुनुपर्छ। त्यो जुनसुकै रूपमा पनि हुन सक्छ। यसको खुलेर विरोध गर्ने, शून्य सहनशीलता नीतिलाई बढावा दिने चलन विकास गर्न जरुरी छ। यसमा व्यवस्थापनले महिला कर्मचारीलाई सशक्तीकरण गर्ने हो भने यस्ता संवेदनशील विषयहरूमा पूरै ध्यान दिनुपर्छ। यस्ता घटनामा महिला कर्मचारीलाई नै उल्टै हियाउने, उसलाई न्यून मूल्यांकन गर्ने, हेप्नेजस्ता प्रवृत्तिमा पूरै परिवर्तन आउन जरुरी छ। यसमा व्यवस्थापन पक्षले धेरै नै संवेदनशील व्यवहार प्रदर्शन गर्नुपर्छ। व्यवस्थापनमा पनि अधिकतर पुरुष नै हुने भएकोले पनि यी कुरालाई त्यति संवेदनशील रूपले लिइएको देखिँदैन। तर यस्ता विषयले महिलालाई भित्रभित्रै भतभती पोलिरहेको हुन्छ र सशक्तीकरण हुन सकेको हुँदैन।

महिला कर्मचारी सशक्त नहुनु भनेको कार्यालय र देशकै उत्पादकत्व घट्नु हो।  तसर्थ, पीडकलाई कारबाही पनि गर्न पछि हट्नु हुँदैन। कार्यालयमा स्थायी जागिर भयो भन्दैमा मादक पदार्थ पिएर कार्यालय आउने, जथाभावी व्यवहार गर्ने कर्मचारीलाई व्यवस्थापनले कर्मचारी विनियमावलीअनुरूप तुरुन्त कारबाही गर्नुपर्छ। राजनीतिक दल, कर्मचारी युनियनको दबाबका आधारमा त्यस्ता कर्मचारीहरूले उन्मुक्ति पाउने अवस्था अन्त्य हुनुपर्छ।

महिला कर्मचारीलाई जहिल्यै र जसरी पनि न्यून मूल्यांकन गर्ने, उनीहरूले काम गरेर आफ्नो क्षमता देखाएपछि मात्र उनीहरूको पहिचान हुने, पटकपटक म सक्षम छु भनी परीक्षा दिइरहनुपर्ने, सक्षम महिला कर्मचारीलाई खोट लगाउने, खुटा तान्ने, चरित्र हत्या गर्नेजस्ता प्रवृत्तिले नेपालका धेरै सरकारी कार्यालय, बंैक, वित्तीय तथा निजी संस्थाहरूमा वास्तवमा महिला कर्मचारीको सशक्तीकरण हुन सकेको छैन। नेपालमा कर्मचारी सशक्तीकरणको अवस्था अत्यन्त कमजोर छ, त्यसमा पनि महिला कर्मचारीको सशक्तीकरण त झन् दयनीय छ। अधिकतर महिला कर्मचारीहरू पनि यस्ता भेदभाव, पीडालाई सहेर बस्ने गर्नाले पनि सशक्तीकरणमा समस्या परेको देखिन्छ।

कर्मचारी सशक्तीकरणका लागि कार्यालयको भवन आकर्षक हुनु अर्को आधारभूत स्तम्भ हो। आकर्षक भवन, पर्याप्त पार्किङ, कार्यालय परिसरमा हरियाली, प्रभावकारी सुरक्षा व्यवस्था, सरसफाइ, घाम लाग्ने उज्यालो कार्यकक्ष, सफा शौचालय, शौचालयमा न्यूनतम रूपमा पनि साबुन, पानीको व्यवस्था आदिजस्ता न्यूनतम विषयहरूले कर्मचारी सशक्तीकरणमा भूमिका खेलिरहेका हुन्छन्।

पारिश्रमिक त सबै कर्मचारीले लिन्छन्। तर कार्यालयमा हाकिमले हाँसो ठट्टा (तर कसैलाई हेप्ने तरीकाले हैन) को वातावरण बनाइ राख्नुपर्छ। हाकिम कर्मचारीको कार्यकक्षमा कुनै कुनै बेला पस्ने, के छ, कसो छ  भनेर सोध्ने, कहिलेकाहीं कर्मचारी र उसका परिवारको समेत आराम कुशल सोध्नेजस्ता व्यावहारिक कुराहरूले समेत कर्मचारी सशक्तीकरणमा महŒवपूर्ण प्रभाव पारिरहेका हुन्छन्। अर्को कुरा, हाकिमले सबै कर्मचारी एउटै स्तरका हुन्छन्, सबैले समान रूपमा काम गर्न सक्छन् भन्ने कहिल्यै सोच्नु हुँदैन। प्रत्येक कर्मचारीका आआफ्ना क्षमता हुन्छन्। नयाँ र पुराना कर्मचारीहरूको पनि क्षमतामा भिन्नता हुन्छ। तसर्थ सबै कर्मचारीलाई समान रूपले व्यवहार गरे पनि कामको मामिलामा क्षमतालाई ध्यान दिनुपर्ने हुन्छ।

उपर्युक्त सिद्धान्तहरूलाई ध्यानमा राखेर कार्यान्वयन पक्षमा अघि बढे कर्मचारी सशक्तीकरण सम्भव हुन्छ र कर्मचारीहरूमा भित्री हृदयदेखि नै संस्थाप्रति सकारात्मक सोच सिर्जना भई उनीहरूले आफ्नो दक्षता, ज्ञान, क्षमताको अधिकतम उपयोग गरी प्रसन्न मुद्रामा संगठनको उद्देश्य हासिल गर्न सक्छन्। यसबाट एकातर्फ संगठनको आधा टाउको दुखाइ कम हुन्छ भने अर्कातिर भावी नेतृत्व विकास गर्न पनि सहयोग पुग्छ। अधिकतर नेपाली संगठनमा कर्मचारी सशक्तीकरणका यी आयाममा ध्यान पुग्न सकेको छैन। यी उपायहरू नेपालका सबै किसिमका संस्थामा यहाँसम्म कि प्रत्येक घरपरिवारमा समेत लागू गरेर उत्पादकत्व अभिवृद्धि गर्न सकिन्छ।








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad