coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

परासी– पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। करेन्टबाट  माछा मार्दा अर्का एक जना युवक भने घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया ऋङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो।

घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित: २७ कार्तिक २०७६ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App