चोरीको आरोपमा चार जना पक्राउ

बुधबार, २७ कार्तिक २०७६, १० : ४० नागरिक

गोर्खा– चोरीको आरोपमा गोर्खा सदरमुकामबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा  गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका–५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका–१ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। 

उनका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे। त्यस्तै अन्य दुई अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। 

अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा  नगरपालिका–८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुले कात्तिक २० गते गोरखा नगरपालिका–६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै अर्का अभिभयक्त नेपालीले गोरखा नगरपालिका–६ स्थित हिमालय केवल नेटवर्क प्रालिमा चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। 

पक्राउ परेको अभियुक्तहरुको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा एक÷एक थान बरामद गरेको प्रहरीले जनाएको छ।  रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad