coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘बालोटेली राष्ट्रिय टोलीमा हुनेछैनन्’

मिलान – इटालीका प्रशिक्षक रोबेर्टो मान्चिनीले सोमबार मारियो बालोटेलीलाई राष्ट्रिय टोलीमा नसमेट्ने स्पष्ट पारेका छन्। ‘जब म मारियो बालोटेलीलाई राष्ट्रिय टोलीमा समावेश गर्छु। त्यो उनको रंगका कारण हुनेछैन। किनभने उनी उत्कृष्ट खेलाडी हुन्,’अल्जेरियाविरुद्ध हुने युरोपियन च्याम्पियनसिप २०२० को छनोटअघि मान्चिनीले भने, ‘म मारियोलाई चिन्दछु र उनलाई माया पनि गर्छु। उनी उत्कृष्ट खेल्छन्।’

‘जब म मारियो बालोटेलीलाई राष्ट्रिय टोलीमा समावेश गर्छु। त्यो उनको रंगका कारण हुनेछैन। किनभने उनी उत्कृष्ट खेलाडी हुन्।’  –मान्चिनी

गत साता इटालियन सिरी ‘ए’ मा भेरोनाका समर्थकले ब्रेसियाका स्ट्राइकर बालोटेलीमाथि रंगभेदी र्दुव्यवहार गरेका थिए। त्यस लगत्तै इटालियन फुटबल संघका अध्यक्ष ग्याब्रेली ग्राभिनाले बालोटेलीलाई राष्ट्रिय टोलीमा बोलाउने र त्यसले सकारात्मक सन्देश दिने प्रतिक्रिया दिएका थिए। तर शुक्रबार मान्चिनीले राष्ट्रिय टोलीको घोषणा गर्दा २९ वर्षे  बालोटेलीले एक वर्षपछि पुनरागमन गर्ने अनुमान गरिए पनि त्यो पूरा भने भएन।

‘फुटबलले द्वन्द्व ल्याउनुभन्दा पनि एकतामा बाँध्ने काम गर्नुपर्छ,’इन्टर मिलान र म्यानचेस्टर सिटीमा बालोटेलीलाई प्रशिक्षण दिएका मान्चिनीले भने, ‘बालोटेलीले अभैm राष्ट्रिय टोलीमा योगदान दिन सक्छन्। अहिले उनलाई टोलीमा नसमेटिँदैमा उनको खेल जीवनमा पूर्णविराम लाग्यो भन्ने होइन। हामीले यसपटक केही युवा खेलाडीलाई अवसर दिएका छौं। मार्चसम्म हामी यही टोली कायम रहनेछन्।’

युरोपियन च्याम्पियनसिप २०२० मा छनोट भैसकेको इटालीले नोभेम्बर १५ मा बोस्निया एन्ड हर्जगोभिना र त्यसको तीन दिनपछि अर्मानियाको सामाना गर्दै छ। फ्रान्सेली क्लब मार्सेलीबाट यसै सिजनमात्र ब्रेसिया फर्किएका बालोटेलीले लिगका ६ खेलमा मात्र २ गोल गरेका छन्। इटालीको राष्ट्रिय टोलीबाट सन् २०१० मा डेब्यु गरेका बालोटेलीले ३६ अन्तर्राष्ट्रिय खेलमा १४ गोल गरेका छन्।

मान्चिनीले घोषणा गरेको टोलीमा ब्रेसियाका रक्षक आन्द्रे किस्टाना, फियोरेन्टिनाका मिडफिल्डर ग्याटानो गास्ट्रोभिल्ली र बोलोग्नाका स्ट्राइकर रिकार्डो ओर्साेलिलीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए।

प्रकाशित: २७ कार्तिक २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App