८ वैशाख २०८१ शनिबार
खेल

प्रशिक्षक इमिरेलाई आर्सनलको चेतावनी

लन्डन – आर्सनलले तत्कालका लागि प्रशिक्षक युनेइ इमिरेलाई नहटाए पनि टोलीको नतिजा भने सुधार गर्न चेतावनी दिएको छ। आर्सनलले लिगका १० खेलमा दुई जित मात्र हात पार्न सकेपछि इमिरे दबाबमा परेका थिए। शनिबार भएको खेलमा पनि आर्सनलले लेस्टर सिटीलाई २–० को नतिजा सुम्पिएको थियो। १२ खेलमा १७ अंक जोडेको आर्सनल छैटांै स्थानमा छ जुन शीर्ष ४ भन्दा ८ अंक कम हो।

इमिरेले आफ्नो लक्ष्य आर्सनललाई चार सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराउने बताउँदै आएका छन्। जसका लागि उनले प्रिमियर लिगको शीर्ष ४ मा बस्दै सिजनको अन्त्य गर्ने र त्यो सम्भव नभए युरोपा लिगको विजेताको हैसियतमा च्याम्पियन्स लिग खेल्ने बताउँदै आएका छन्। यद्यपि क्लबका प्रमुख राउल स्लानलेची र कार्यकारी निर्देशक भियानी भेन्काटेसामले तत्काल इमिरेको विकल्प नभएको बताएका छन्।

‘हामी टोलीले हालैका दिनमा गरेको प्रदर्शन र नतिजाबाट दुःखी छौं,’आर्सनलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘समर्थक पनि त्यस्तै निराश छन्। हामीले सोचेको नतिजा पाउन सकेका छैनांै। हाम्रो लक्ष्य प्राप्तीका लागि टोलीमा सुधार आवश्यक छ। युनेइ इमिरे टोलीलाई सो लक्ष्यमा पु¥याउन अभैm सक्षम छन् भन्नेमा हामी अभैm विश्वस्त छौं। एक जनालाई मात्र टोलीको हारको दोष दिनुको कुनै अर्थ छैन। सबैको साझेदारीमा टोलीले सुखद नतिजा ल्याउने हो।’

इमिरेले सिजनको सुरुआतमा ग्रानिट जाकालाई कप्तान बनाएपछि रुष्ट बनेका समर्थकले टोलीको पछिल्लो नतिजापछि थप आलोचना गरेका छन्। अक्टोबर २७ मा क्रिस्टल प्यालेसविरुद्धको खेलमा जाकालाई वैकल्पिक खेलाडीले स्तान्तरण गरेपछि देखाएको व्यवहारपछि उनलाई कप्तानबाट हटाइएको थियो। ‘हामीले आर्सनलमा दीर्घकालीन निर्णय लिन आवश्यक छ। टोलीको नतिजा राम्रो छैन,’शनिबार लेस्टरविरुद्धको हारपछि आर्सनलका पूर्व स्ट्राइकर इयान राइटले भनेका थिए,’रणनीती अनुसारको खेल भएन। सुधारको विकल्प छैन।’

 

 

प्रकाशित: २७ कार्तिक २०७६ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App