coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘विद्युत् व्यापार र जलविद्युतमा लगानी ल्याउनु पर्‍यो’

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणको क्रममा नेपाल सरकारले विद्युत व्यापार र जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने वातावरण गराउन सरोकारवाला निकायले अनुरोध गरेका छन्। गतअसार ६ गते नेपाल र बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीचऊर्जाकाविभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो।

ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका उपाध्यक्ष कुमार पाण्डेले सरकारले बंगलादेशका राष्ट्रपतिको भ्रमणको क्रममा अन्तरदेशीय विद्युतव्यापार र नेपाली जलविद्युत् आयोजनामा बंगलादेशको लगानी भित्र्याउने वातावरण तयार पार्नुपर्ने बताउँछन्।

‘बंगलादेशको निजी क्षेत्र नेपालमा उत्पादित बिजुली खरिद गर्न र जलविद्युत् आयोजनामा लगानी गर्न इच्छुक देखिएका छन्,’ उनले भने,‘सरकारले भारतसँग भएको बिजुली व्यापारलाई त्रिपक्षीय गरेर विद्युत्निर्यात गर्ने वातावरण बनाउन जरुरी भएको छ।’

बंगलादेशमा राष्ट्रपतिको भूमिका सेरोमोनियल भए पनि अहिलेको भ्रमणबाट लगानी भित्र्याउने वातावरण बनाउन सकिने सरोकारवाला बताउँछन्। बंगलादेशले अनौपचारिक रुपले नौहजार मेगावाट भन्दा धेरै बिजुली खरिद गर्ने इच्छा देखाउँदै आएको छ। त्यसैगरी,उपयुक्त जलविद्युत् आयोजनामा लगानी गर्न खोजिरहेको छ। सरकारले राष्ट्रपतिको भ्रमणको लागि बंगलादेशका लागि जलविद्युतका आयोजना र त्यसको मोडालिटीबारे जानकारी गराउनुपर्ने देखिन्छ।

सरकारले भारत र बंगलादेशसँग त्रिपक्षीय सम्झौता गरेर नेपालमा उत्पादित भएको बिजुली निर्यात गर्ने बाटो खोल्नुपर्ने बताउँछन्।पूर्वऊर्जा सचिव सुमन शर्मा नेपाल र बंगलादेशबीच छुट्टै प्रसारण लाइन नभएकाले भारतसँग समन्वय गरेर त्रिपक्षीय सम्झौताको लागि छलफल गर्नुपर्ने बताउँछन्।

‘नेपालमा उत्पादन भएको बिजुली बंगलादेश लैजानअहिलेसम्म प्रसारण लाइन छैन। भारतीय भूमिहुँदै भारतकै प्रसारण लाइनबाट लैजानुपर्ने हुन्छ,’ उनले भने,‘नेपालमा उत्पादित बिजुली बंगलादेश पु-याउनको लागि त्रिदेशीय सहमति गरेर अघि बढ्नुपर्ने बेला भइसक्यो।’पूर्वसचिव शर्माले यसअघि असारमा नेपाल र बंगलादेशका सचिवस्तरीय बैठकमा भएका सम्झौता अक्षरशःपालना हुनुपर्ने बताउँछन्।

‘दुवै मुलुकका सचिवस्तरीय निर्णय कार्यान्वयनगर्नुपर्ने देखिन्छ,’ उनले भने,‘बंगलादेशलाई जलविद्युतमा लगानी भित्र्याउनपहलकदमीआवश्यक छ।’

गत असारमा भएको सचिवस्तरीय बैठकले नेपाल र बंगलादेशबीचविद्युत् व्यापारको सम्भावना, नेपालमा जलविद्युत् विकासमा बंगलादेशी निजी प्रवद्र्धकबाट लगानीको सम्भावना, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावना अध्ययन गर्ने सहमति भएको छ।

त्यसैगरी, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगलादेशले आयात गर्ने पाँच सय मेगावाट बिजुलीतथा नेपाल र बंगलादेशबीच मानवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णय अनुमोदन गरेको छ। सचिवस्तरीय बैठकले नवीकरणीय ऊर्जाको प्रवद्र्धन सोलार होम्स सिस्टम र ऊर्जा दक्षता क्षेत्रमा नेपालको वैकल्पिकऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको सस्टेनेबल रिनुएबलइनर्जी डेभलपमेन्ट अथोरिटीबीच प्रविधितथा सीपआदानप्रदानगर्न सहमतिभएको छ।

इप्पानका उपाध्यक्ष पाण्डेले बंगलादेशले पछिल्लो समय नौहजार मेगावाट बिजुलीआयातगर्ने प्रस्ताव गरेको बताए। ‘नेपालमा उत्पादित भएको बिजुली बंगलादेश खरिद गर्न इच्छुक देखिएको छ,’ उनले भने,‘सरकारले सरकारी तवरबाटै बिजुलीव्यापारको वातावरण तय गर्नुपर्ने बेलाभइसक्यो।’

इप्पानका उपाध्यक्ष पाण्डेले बंगलादेशमा खनिजपदार्थबाट उत्पादित बिजुली भएकाले पनि नवीकरणीय स्रोतबाट उत्पादित बिजुलीको उच्चमाग छ।‘अहिले बंगलादेशमा खनिजपदार्थबाट उत्पादित बिजुली निकै महँगो देखिन्छ,’ उनले भने,‘त्यसैले नेपालमा उत्पादन भएको बिजुलीको लागि बंगलादेश उपयुक्त बजार हो। त्यसैले विद्युत व्यापारको लागि राष्ट्रप्रमुखको भ्रमणको क्रममा अजेन्डा उठाउनुपर्ने देखिन्छ।’

प्रकाशित: २७ कार्तिक २०७६ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App