हङकङबाट बिटूबीको अनलाइन सेवा सुरु

मङ्गलबार, २१ मङि्सर २०७३, १६ : ५७ नागरिक

हङकङ– पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले विगत १५ बर्षदेखि हङकङलाई आधारभूमि बनाएर सेवा दिइरहेको छ । फिसटेलले ३ बर्षको अथक प्रयासपश्चात नेपाली वेभ संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाइन’ सेवा को सुरुआत गरेको छ ।

डिजिटल यो पेजमा नेपाली उद्यम क्षेत्रले दिन नसकेको सेवा र सुविधासहित एकै पोर्टलमा बहुआयामिक सेवा र उत्पादन प्रदान गर्ने प्रणाली बिकसित गरिएको प्रवन्ध निर्देशक कृष्ण पाण्डेले जानकारी दिए ।

प्रतिस्प्रधात्मक बजारमा ग्राहक स्वंयले खुद मूल्य निर्धारण गर्ने परिपाटी बढिरहेको छ । ‘यही नै हाम्रो लागि अबसर र चुनौती दुवै हो, प्रवन्ध निर्देशक पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटै एयरलाइन्स, एउटै सेवा तर भिन्दाभिन्दै भाडा दर त्यसैको उदाहरण हो । नेपाल एयरलाइन्ससमेत यो प्रणालीभित्र छिरेको छ । यसलाई ‘आरबिडि सिस्टम’ भनिन्छ । हामीले पहिलोपटक नेपाल एयरलाइन्सको टिकट ‘आरबिडि सिस्टम’ अन्र्तगत डिजिटल प्रणालीमा समाबेस गरिएको छ ।’
नेपालको पर्यटन र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेतलाई विश्व बजारमा यस अत्याधुनिक प्रविधिमार्फत पहिलो पटक प्रस्तुत र बिस्तार गर्ने अभिभारा पाएकोमा गर्व महसुस भएको उल्लेख गर्दै प्रवन्ध निर्देशक पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘माग र आपूर्तिको आधारमा तत्काल सर्च इञ्जिनमार्फत् भाडा तय गरिनु र स्मार्ट ग्राहकले त्यसको भरपुर लाभ लिनु अनलाइन ब्यावसायको सबैभन्दा उपलब्धि र उपयोगिता हो ।’
 

बिटूबिट्राभलबजार.कम अनलाइन पेजबाट तपाईं विश्वका ३५० भन्दा बढी हवाई कम्पनीका टिकट सुलभ र सहज तरिकाले अनलाइनबाटै खरिद गर्न सकिन्छ । तेस्तै बिश्वका ३ लाख ५० हजार होटेल र प्याकेजहरु पोर्टलबाटै छानीछानी बुक गर्न सकिनेछ । मुख्य मार्केट र ग्राहकलाई केन्द्रमा राखि अग्रेजी, चाइनिज (ट्रडिसनल र सिम्प्लिफाई), कोरियन र रसियन भाषामा पोर्टल सञ्चालन हुने छन् ।

हङकङका १५०० ट्राभल ऐजेन्सी र लक्षित बजारका २००० ट्राभल ऐजेन्सीहरुसँग सहकार्य गरी उत्पादन विश्व बजारमा बेचिने छ ।
यस ब्यापारिक परिबर्तन ले हामी आफ्नो ब्यावसायलाई मात्र रुपान्तरण भएको छैन, परिवर्तनका सम्बाहक नयाँ पुस्तासँग व्यापारिक, सामाजिक र पारिवारिक रुपमा गासिइ रहने छ भन्नेमा हामी विश्वस्त छौं । सन २००२ मा स्थापित फिसटेलको डिजिटल रुपान्तरणमा हङकङलगायत विश्वभर नेपालीको सहयोग र सदभाव रहने विज्ञप्तिमा उल्लेख छ ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad