ओखलढुंगा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका आईपुगेका श्रेष्ठले यस्तो बताएका हुन्।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बीचमा कुराकानी भएको र एउटै व्यक्ति पाँच वर्षसम्म मन्त्री बनिरहने गरि स्थायी नियुक्ति नगरिएकोले चाँडै मन्त्रीहरुको हेरफेर हुने उनले बताए। ‘राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो।’ प्रवक्ता श्रेष्ठले भने ‘तर छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ।’
यसैबीच श्रेष्ठले ‘थ्रि पी’को गलत प्रयोगले नेकपा सकिने बताएका छन्। पार्टीका नेताहरु सधै पोष्ट, पावर र प्रोपर्टीमा सधै रहन चाहने र त्यसको दुरुपयोग गर्ने कार्य गरेमा पार्टी समाप्त चेतावनी दिएका छन्। पार्टीभित्र आफु मात्रै पदमा बसिरहनु पर्ने अरु अगाडी नबढुन् भनी अरुलाई निषेध गर्ने प्रबृतीको विकास भएको प्रवक्ता श्रेष्ठले औल्याएका छन्।
जनताको जनजिविकाका सवालहरुमा भन्दा पनि नेताहरु पावरको दुरुपयोग गरेर सम्पती जोड्ने कमाउ धन्दामा लाग्ने प्रवृति रहेको उनले खुलासा गरेका छन्। पार्टीमा गुटको विकासले बैचारिक बहसलाई निषेध गरेको समेत उनले बताएका छन्। गुटको संगठन निर्माण भन्दा पनि बैचारिक समुहलाई अगाडी बढाउन श्रेष्ठले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...
पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
यसमा तपाईको मत