७ वैशाख २०८१ शुक्रबार
समाज

बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालगन्ज- पाटे बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरमा एक महिलाको मृत्यु भएको छ। घाँस काट्न घर नजिकै रहेको शिवशक्ति मध्यवर्ती सामुदायिक वनको जंगलमा गएको बेलामा बाघले आक्रमण गर्दा स्थानीय ६० बर्षिया ठगी खड्काको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मंगलबार बिहान करिव ९ बजेतिर घाँस काट्न गएको अवस्थामा पाटे बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरी महिलाको छातीको भाग खाएर छाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

पाटेबाघले झम्टेर करिब ४ सय मिटर पर लगेको स्थानीय बासिन्दा मोहन खत्रीले बताएका छन्। बाँके निकुञ्ज स्थापना भएयता पाटेबाघको संख्या बढ्दै गएको छ। बाघको संख्या बढेपछि निकुञ्ज आसपासका गाउँहरु जोखिममा परेका छन्। दुई दिनअघि मात्र कोहलपुर नगरपालिका वडा नम्बर १३ मा ७५ बर्षिया काली बस्नेतको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

एकपछि अर्को घटना बढ्न थालेपछि निकुञ्ज आसपासका स्थानीय बासिन्दाहरु आतंकित बनेका छन्।

 

प्रकाशित: २६ कार्तिक २०७६ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App