७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बंगलादेशमा रेल र्दुघटना : १५ जनाको मृत्यु, ५८ घाइते

file photo

ढाका- बंगलादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन्।

देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। 'दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,' स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने।  

उनले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए। घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन्।

'अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,' अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने। बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ। एएफपी

प्रकाशित: २६ कार्तिक २०७६ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App