७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जम्मु काश्मिरमा सडक दुर्घटना, १६ जनाको मृत्यु

जम्मु– जम्मु काश्मिरको डोडा जिल्लास्थित बाटोटे–किस्टवाड राष्ट्रिय राजमार्गमा मङ्गलबार एउटा निजी सवारी साधन दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त घटनामा तीन जना बालबालिका समेत मारिएका छन्।

डोडाका एक जना वरिष्ट प्रहरी अधिकृतले मङ्गलबार अपराह्न भएको यस दुर्घटनामा १६ जनाको ज्यान गएको र त्यसमध्ये चार जना महिला र तीन जना बालबालिका रहेको जानकारी दिए।

दुर्घटनाग्रस्त सवारी साधन राजमार्गबाट खोँचमा झरेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। एएनआई

 

प्रकाशित: २६ कार्तिक २०७६ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App