युवा र समाज कता जादैछ ?

मङ्गलबार, २६ कार्तिक २०७६, ११ : ५६ सम्झना पाैडेल

म एक युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा छन्। युवाहरुमा देश बनाउने सपना हुन्छ। आफ्नो भविष्य सुरक्षित गर्ने इच्छा हुन्छ। भविष्यको  मिठो पलहरुको परिकल्पना हुन्छ।

समाज कता जाँदैछ, देश कता जाँदैछ, मलाई कसले कतातिर डोर्‍याउँदैछ, भन्ने कुरा स्वयम युवाले बुझ्न सक्नुपर्दछ।  म कसैको ग्राहक, कसैको अनुगामी वा भक्त मात्र बन्दैछु कि मैले मेरो क्षमता अनुसारकै बाटो कोर्दैछु भनने कुराको पनि हेक्का हुनु पर्दछ।  मेरो स्वतन्त्र अस्तित्व छ भन्ने बुझ्नु मात्रै पनि सवथोक होइन ।

स्वतन्त्रताको कति सदुपयोग र दुरुपयोग  के गर्दैछु भन्ने कुराको पनि ज्ञान हुनु पर्दछ। आफ्नो भविष्यको लागि आफैले बुझेर  बुझेर नयाँ गोरेटो कोर्न सक्नुपर्दछ।  ठीकलाई ठीक र गलत लाई गलत भन्ने अवस्थामा पुग्नु कहिल्यै पछि हटनु हुदैन। युवाले नै सहि गलत पहिचान गर्न नसक्ने हो भने देशले गति लिन सक्दैन।  हामी अहिले पनि कुनै कुरालाई गलत र कुनै कुरालाई ठीक  भनेर सामाजिक सञ्जाल देखि चिया पसलमा बसेर भनि रहेका त हुन्छौ नै।  तर, नपढिकन, नबुझिकन हचुवाको भरमा। फलानो मिडियामा यस्तो आयो ,फलानो नेताले यस्तो भन्यो भनेकै आधारमा  अनि धेरै रे ,रे कै आधारमा ।  

हो म जस्तै कयौ युवाहरु आफ्नो भविष्य सुरक्षित  बनाउन दिनरात परश्रम गरिरहेका हुन्छन।  तर सोचेको जस्तो प्रतिफल नपाउँदा युवाहरुमा निराशा र नैराश्यता पैदा बढ्दै  गएको छ।  जब मानिसले सोचेको कुरा पुरा हुदैन अझ भनौं आफुले गरेको मेहनत अनुसारको फल प्राप्ति गर्न सक्दैन तब मानिस विभिन्न मानसिक रोगको समेत शिकार हुन पुग्दछ।  

यस्तो अवस्यामा अनिद्रा, विषाद्, चिन्ता र नकारात्मक धारणाको बाढी नै पनि आउन सक्छ।  तर युवास्था  भनेको निरास हुने अवस्था हैन। आशावादी हुने, केही गरेर देखाउने  अवस्था हो।    तर धेरै युवाहरुमा  के गर्ने भन्नेबारेमा थाहा नै हुदैन ,। के गर्ने कसो गर्ने भन्ने बारे निर्णय क्षमतामा विकास भइसकेको हुँदैन। यस्तो अवस्थामा साथीभाइ अथवा अरूको लहैलहैमा लागेर कतिले गलत बाटो पनि रोज्न सक्छन्।

हरेक युवालाई सिर्जनशीलतामा लगाउन र भविष्य निर्धारण गर्न सही परामर्श जरुरी हुन्छ। सही मार्गनिर्देशनको अभावमा धेरैले करियर एक्सिडेन्टको सामना गर्नुपरेको  पनि हामिसँग प्रस्शतै उदाहरण्ण भेटिन्छ। अझ बढि यस्तो समस्या कलेजम पढ्ने विध्यार्थीवर्गहरुमा हुन्छ।  कतिपयले सही विषयको छनौट गर्न नसक्दा भविष्य नै अन्यौल बन्न पुग्दछ। आफ्नो क्षमता के हो आफुसँग के छ त्यसलाई थप प्रभावकारी बनाउने भन्दा पनि हरुको देखासिखिमा लाग्दा झन बढि समस्स्या हुनसक्छ।

विश्वविधालयमा गरिने अध्ययनको  समयलाई भविष्यको आकार कोर्ने समयका रूपमा पनि लिने भएकाले सही विषयको छनौट नै भविष्यको आधार बन्न सक्छ। हाम्रो समाजको चेतना स्तर हेर्ने हो भने हिजो र आजमा धेरै नै परिवर्तन आएको छ।

शिक्षामा राज्यले ठूलो लगानी गरेको छ। तर विडम्बना न त  राज्यले केहि पाएको छ नत विध्याथीले नै केही प्राप्त गर्न सकेको छ। एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविष्य के हो रु  विद्यार्थीले लिएको ज्ञान, सीपले उच्च व्यावसायिक सफलता हात पर्न सक्नुपर्छ ,। विद्यार्थीहरुलाई पढाइमा मात्र होइन पढेको कुरालाई व्यवहारमा उतार्नु प्रमुख चुनौति हो।  एकथरि युवा प्लस टु पास गर्नेवित्तिकै विदेश जान्छन्।

बाँकी रहेकाहरु स्नातकपछि उड्छन्। केही मास्टर डिग्री र पीएचडीका लागि जान्छन् र उतै हराउँछन्। युवाको नतिजाले अभिवावक  चिन्तित हुनु स्वाभाविक नै हो। तर चिन्ता कतिसम्म लिने र के मा लिने भन्ने कुराले प्रमुख अर्थ राख्दछ। मैले यस्ता धेरै मेरा युवा साथिहरु भेटेको छु जस्लाई गीत सँगितमा कुनै रुचि नै छन् तर उ टेलिभिजनमा आउने रियालिटि शो लोभले गीत गाउन पुग्दछ। 

जसलाई पत्रकारीताको प समेत आउन्न तर उ मिडियामा छाउने सपना बुन्दछ तर त्यस अनुसारको मेहनत गर्न सक्दैन। त्यसैले युवाहरुले अब आफ्नो क्षमता चिनेर अगि बढ्नुनै राम्रो हुन्छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad