७ वैशाख २०८१ शुक्रबार
कला

स्विस कोरियोग्राफरले नृत्य सिकाउने

काठमाडौं – नृत्य आँगनले राजधानीमा कम्पाग्नी ७२७३ को ‘टुडे’ नामक नृत्य प्रस्तुति गर्ने भएको छ। सोमबार प्रेस विज्ञप्तिमार्फत राजधानीमा आयोजना हुन लागेको नृत्य प्रस्तुति र कार्यशालाबारे नृत्य आँगनले जानकारी गराएको थियो।

स्विस डान्स कम्पनी कम्पाग्नी ७२७३ ले पहिलो पटक राजधानीमा एकसाथ नृत्य प्रस्तुति र कार्यशाला दिन लागेको हो। आगामी कात्तिक २६ मा कम्पाग्नी ७२७३ ले नृत्य आँगनसँग सहकार्य गरेर झम्सिखेलको ज्ञानमण्डलामा ‘फुइत–फुइत’ नामक नृत्य कार्यशाला गर्दैछ। सो नृत्य कार्यशालामा कम्पाग्नी ७२७३ का कोरियोग्राफरहरु लरेन्स यादी र निकोलस क्यान्टिलोनले फुइतफुइतको विभिन्न स्टाइल सिकाउने छन्। यो नृत्य अरबी संगीतबाट प्रभावित छ।

त्यस्तै आगामी कात्तिक २७ मा मण्डला थिएटरमा ‘टुडे’ नामक नृत्य प्रस्तुति हुनेछ। कोरियोग्राफर लरेन्स यादी एकल नृत्य प्रस्तुति दिनेछिन्। सो नृत्य राजधानीबाहेक भारतको दिल्ली र कोलकत्तामा आयोजना हुनेछ। ‘स्विस डान्स कम्पनीका कोरियोग्राफरहरुले पहिलो पटक राजधानीमा नृत्य कार्यशाला र प्रस्तुति दिनेछन्,’ आयोजक नृत्य आँगनकी प्रमुख सुबिमा श्रेष्ठले भनिन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App