७ वैशाख २०८१ शुक्रबार
कला

टुबोर्ग ओपन सेसन्स –२ मा ‘नाच फिरिरि’

काठमाडौं – टुबोर्ग ओपन सेसन्स– २ को लागि महेश काफ्ले र त्रिशला गुरुङले ‘नाच फिरिरि’ गीत प्रस्तुत गरेका छन्। च्यानल आरबिट्ररीले गत वर्ष सुरु गरेको टुबोर्ग ओपन सेसन्स नामक युट्युब सिरिजको दोस्रो सेसन्समा महेश काफ्ले र त्रिशला गुरुङले ‘नाच फिरिरि’ गीत समावेश गरिएको थियो। सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन्स–२ को लागि संगीत दिएका थिए।

महेश र त्रिशलाले स्वर दिएको सो गीतमा लोक र आधुनिक संगीतको समिश्रण पाईन्छ। सांगितिक परिवारबाट आएका महेश काफ्ले आफैंले सो गीतको रचना गरेका थिए। उनले ६ महिना लगाएर ‘नाच फिरिरि’ गीतमा काम गरेको बताए। ‘यो गीतमा ६ महिना लगाएर काम गरेको थिएँ। गीत रिलिज भएको छोटो अवधिमै दर्शक र स्रोताहरुले गीतलाई मनपराएका थिए,’ गायक काफ्लेले भने।

सन् २०१८ मा आरबिट्ररीद्वारा टुबोर्ग ओपन सेसन्स नामक युट्युब च्यानल सुरु गरेको थियो। टुबोर्ग ओपन सेसन्स–२ नामक युट्युब सिरिजमा नेपाली संगीतमा आवद्ध कलाकारको स्टुडियोमा लाइभ रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ। टुबोर्ग ओपन सेसन्सको पहिलो सिजनमा ५१ वटा गीतहरु च्यानल आरबिट्ररीमार्पmत सामाजिक सञ्जाल युट्युबमा अपलोड गरिएको थियो।

प्रकाशित: २६ कार्तिक २०७६ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App